काठमाडौँ, जेठ २८ गते । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको २० हजार मेट्रिक टन डीएपी मल आइपुगेको छ । सो मल आगामी हप्तादेखि बिक्री वितरण गर्ने तयारीमा रहेको साल्ट्र ट्रेडिङले जनाएको छ । साल्ट ट्रेडिङका विभागीय प्रबन्धक ब्रजेश झाका अनुसार २० हजार मेट्रिक टन डीएपी नेपाल आइसकेको छ । बिक्री केन्द्रमा पठाउने काम सुरु भएको छ, आइतबार वा सोमबारदेखि बिक्री वितरण सुरु हुन्छ । यसबाहेक २२ हजार मेट्रिक टन युरिया कोलकाता बन्दरगाहमा आइपुगेको र त्यो पनि आगामी हप्तामा आइपुग्ने उहाँले जानकारी दिनुभयो । कृषि सामग्री कम्पनी लिमिटेडले खरिद गर्नेमध्ये ३० हजार मेट्रिक टन युरिया असारको दोस्रो हप्ता, २० हजार मे
सप्तरी,जेठ २८ गते । सप्तरीमा आफ्नै श्रीमानको हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले श्रीमतीलाई पक्राउ गरेको छ । बिष्णुपुर गाउँपालिका–५ कट्टी का ५० वर्षीय रामसुन्दर महतोको हत्या आरोपमा प्रहरीले एक महिनापछि प्रहरीले श्रीमती इनरवतीदेवी महतोलाई पक्राउ गरेका सप्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । महतोको गत असोज ८ गते हत्या भएको थियो । महतोको शव शम्भुनाथ नगरपालिका–१ स्थित खाँडो खोला नजिक रहेको पोखरीमा असोज ९ गते फेला परेको थियो । मृतकका छोरा जितेन्द्र महतोले प्रहरीमा उजुरी दर्ता गराएका थिए । घटना लगत्तै पक्राउ परेकी इनरवती माथि ठोस प्रमाणको अभाव भ
राजविराज,जेठ २८ गते । राजविराज–५ मा घर भाडा गरी बस्दै आएका एकल महिला पुष्प स्वर्णकार छिमेकीको कुटपिटबाट सख्त घाइते भएकी छिन् । तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर ३ सकरपुरा स्थायी घर भई राजविराजमा सँगै डेरी लिई बस्दै आएका आशिष सिंहले निर्घात कुटपिट गरी उनलाई घाइते बनाएको हो ।अनावश्यक विवाद सिर्जना गरी कसैको सहारा नभएकी स्वर्णकारलाई सिंहका परिवारले कुटपिट गरेको स्थानीयहरुले बताएका छन् । कुटपिटबाट घाईते भएकी पुष्पा गजेन्द्र नारायण सगरमाथा अञ्चल अस्पतालमा भर्ना भई उपचार गराई रहेकी छिन् ।विगत १५ वर्षदेखि राजविराजमा घरभाडा गरेर बसेकी पुष्पाको श्रीमान्को मृत्यु भईसकेको छ । कसैको सहारा नभएका पुष्पा द
काठमाडौँ, जेठ २८ गते । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । भक्तपुर जिल्लालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
जनकपुरधाम, २७ जेठ । बाढी र पहिरोका कारण बर्षेनी हुने धनजनको क्षतिलाई न्यूनिकरण गर्ने उद्देश्यले जनकपुरधाममा आज मनसुनजन्य प्रतिकार्य सम्बन्धि कृत्रिम अभ्यास सम्पन्न भएको छ । जिल्ला विपद् व्यवस्थापन समिति धनुषाको आयोजना तथा जनकपुरधामस्थित श्रीनाथ गणको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले मनसुनजन्य प्रतिकार्य सम्बन्धि कृत्रिम अभ्यास गरेको हो । जनकपुरधामस्थित गंगासागर पोखरीलाई जिल्लाका मुख्य नदीको रुपमा प्रतिकारात्मक रुपमा चार भागमा बिभाजित गरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको टोलीले बोडिङ्ग, लाइफ ज्याकेट लगायतको सामग्रीको प्रयोग गरी विपद्का
काठमाडौँ — महिनावारी हुँदा महिलाले प्रयोग गर्ने सेनिटरी प्याडमा सरकारले भन्सार छुट दिएपछि राज्य, स्वदेशी उद्योग र उपभोक्ता उल्टो मर्कामा परेका छन् । विदेशबाट तयारी अवस्थामा आउने प्याडको भन्सारमा ९० प्रतिशत सहुलियत दिँदा राजस्व स्वतः कम हुने भएको छ भने अर्कोतिर कच्चा पदार्थमा भन्सार यथावत् राखिएकाले स्वदेशी उद्योगको लगानी जोखिममा परेको छ ।त्यसमाथि तयारी प्याडको भन्सार १५ प्रतिशतबाट १।५ प्रतिशतमा झारिएको दुई साता नपुग्दै सबैजसो विदेशी प्याडको मूल्य झन् बढेको छ ।अर्थमन्त्री जनार्दन शर्माले संसद्मा बजेट प्रस्तुत गर्नुअघि करिब २० दिन बजारमा प्याडकै अभाव भएको औषधि पसलका सञ्चालकहरू बताउँछन् । खासमा भ
सिरहा,जेठ २७ गते । नेपाल दूरसञ्चार प्राधिकरणले ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने उद्देश्यअनुरुप अप्टिकल फाइबर विस्तारमा तीव्रता दिएको छ । ग्रामीण दूरसञ्चार कोष परिचालन गरी ब्रोडब्याण्ड सेवा उपलब्ध गराउन १८ वटा प्याकेजमार्फत ७४ जिल्लामा तोकिए बमोजिमका स्थानमा जडान सम्पन्न भई सेवा सञ्चालनमा रहेको प्राधिकरणले जनाएको छ ।सम्पन्न भएका परियोजनामध्ये हालसम्म आठवटा परियोजनाको अनुगमन तथा प्रमाणीकरण भइरहेको छ भने बाँकी परियोजनामा दोस्रो र तेस्रो चरणको अनुगमन र प्रमाणीकरण भइरहेको छ । त्यसैगरी सोही कोष परिचालन गरी सञ्चालित मध्यपहाडी लोकमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने सूचना महामार्ग निर्माण गर्ने का
काठमाडौँ, जेठ २७ गते । पछिल्लो समय रासायनिक मल ढुवानी गर्ने ठेकेदार कम्पनीको हेलचेक्र्याइँका कारण मलको अभाव भइरहेको छ । बिहीबार भारतबाट फर्कनुभएका कृषि तथा पशुपन्छीमन्त्री महिन्द्रराय यादवले अन्तर्राष्ट्रिय रूपमा मलमा भएको मूल्य वृद्धि तथा अभावका कारण यहाँ पनि मलको अभाव भएको बताउनुभयो ।“तर ठेकेदार कम्पनीका कारण नेपालमा अलि बढी नै समस्या भयो । ठेकेदार कम्पनीले टेन्डर पार्ने तर विभिन्न बहानामा मल नल्याइदिएका कारण यहाँ अलि बढी नै समस्या देखिएको हो । त्यही भएर भारतसँग जीटुजी माध्यमबाट तत्काल मल ल्याउन पहल गरिएको हो,” मन्त्री यादवले भन्नुभयो ।ठेकेदार कम्पनीले टेन्डर ९बोलपत्र० स्वीकार गरे पनि समयमा
सिरहा,जेठ २६ गते । महोत्तरीको जलेश्वर नगरपालिका–३ खैरा गाउँमा बुधबार साँझ पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय किशोर सदाकी छोरी ६ वर्षीया आँचल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । बालिकाको शव परीक्षणका लागि गए राति प्रादेशिक अस्पताल जलेश्वर लगिएको प्रहरीले जनाएको छ ।
काठमाण्डौ,जेठ २५ गते । देशकै ठुलो तरकारी बजार कालीमाटीमा मङ्गलबार भित्रिएको काउलीमा खान नहुने विषादी भेटिएको छ । मकवानपुरको थाहा नगरपालिका–९ वडाबाट मङ्गलबार बिहान कालीमाटीमा भित्रिएको काउलीको नमुना परीक्षण गर्दा खान नहुने विषादी भेटिएपछि कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिले त्यसलाई नष्ट गरेको हो ।कालीमाटी तरकारी बजार परिषद्मा रहेको द्रुत विषादी विश्लेषण प्रयोगशालाबाट परीक्षणपछि आएको रिपोर्टका आधारमा ३९ केजी काउली नष्ट गरिएको समितिका निर्देशक विनय श्रेष्ठले जानकारी दिए । तरकारीको नमुना प्रयोगशालाबाट परीक्षण भएर आउँदासम्म विषादी भएको केही परिणामको काउली बजारमा गएको हुनसक्ने श्रेष्ठल
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.