सिरहा,असार ८ गते । लहान नगरपालिकाका प्रमुख महेश प्रसाद चौधरीले पत्रकार महासंघको भवन लहानमा निमार्ण गर्न सहयोग गर्ने प्रतिबद्धता गरेको छ ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिरहाका अध्यक्ष मनोज बनैता यादवले मंगलबार लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीलाई लहानमा महासंघको भवन निर्माणका लागि सहयोग गर्न लिखित रुपमा पत्र दिदै आग्रह गरेको छ 

नवनिर्वाचित नगर प्रमुख चौधरीले नेपाल पत्रकार महासंघ सिरहा शाखाको भवन लहानमा निर्माण सहयोग गर्ने प्रतिवद्धता गरेका छन । 

स्थानीय सरकार पत्रकारमैत्री भएको जिकिर गर्दै उनले पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको शाखाको आफ्नै भवन बनाउन नगरपालिकाबाट सहयोग गर्ने प्रतिवद्धता प्रकट गरेका हुन ।