X wada

मुख्य समाचार

    Showing १,०३१-१,०४० of २,९७० items.
  • झण्डापार्क जोगाउन खुटी खोलामा तटबन्ध आवश्यक

    लहान, असार १२ गते । लहान नगरपालिका –५ वडामा रहेको झण्डापार्क जोगाउन खुटी खोलाको पश्चिमी किनारमा स्थानीयले तटबन्धको माग गरेका छन् । दस महिना अगाडि छठ पर्वको दिन सञ्चालनम आएको खुटी झण्डापार्कको दीर्घकालिन रुपमा संरक्षण गर्न र यसको आकर्षण बढाउन स्थानीयहरु नगरपालिकाको ध्यान जाओस भनेर माग गरेका हुन् । लगभग डेढ विघामा फैलिएको पार्क वेलुकीपख बजारक्षेत्रका युवाहरुको रमाइलो गर्ने र सेलफी लिइने प्वाइन्टको रुपमा चिनिन थालेको छ ।पार्क रहेको जग्गामा खुला दिसाको कारण खुटी खोलामा छठ पर्व मनाउन जाने भक्तजनहरु यस ठाँउालाई शुद्ध पवित्र र रमाइलो बनाउने मागलाई नगरपालिकाले ध्यानमा राखेर जग्गालाई संरक्षण गर्दै पार्

    • प्रकाशित मितिः असार १२, २०७९
    • १६१ पटक पढिएको
  • सात वर्ष अधि सुरु भएको तटबन्ध पूरा नहुँदा बाढीको जोखिम उस्तै

    सप्तरी,असार ११ गते । खाँडो नदी नियन्त्रणको काम सात वर्ष अघि सुरु भएको अहिलेसम्म  पूरा हुन सकेको छैन । नदीमा तटबन्ध निर्माण अधुरो रहेका कारण वर्षामा कटानको खतरा बढेको हो ।सप्तरीमा बाढीले सबैभन्दा बढी क्षति गर्ने नदीका रुपमा खाँडो नै रहेको छ । जिल्लाका एक दर्जन जति गाउँमा खाँडोमा आउने बाढीको जोखिम रहने गरेका कारण आर्थिक वर्ष २०७२/०७३ मा राजविराजमा खाँडो नदी व्यवस्थापन आयोजनाको कार्यालय स्थापना गरी तटबन्ध निर्माण सुरु गरिएको हो ।तिलाठी, बेल्ही, सकरपुरा, मधेपुरा, कोबर्साइन, रुपनी, दिघवा, पकरी, तोपा, विषहरिया, लौनियाँ लगायतका गाउँहरु खाँडोको बाढीको उच्च जोखिममा रहेका कारण तटबन्ध निर्माणको काम

    • प्रकाशित मितिः असार ११, २०७९
    • १७३ पटक पढिएको
  • काठमाडौं महानगरको बजेट २५ अर्ब ४१ करोड ९६ लाख

    काठमाडौं, असार १० गते । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल २५ अर्ब ४१ करोड ९६ लाख रुपियाँको बजेट विनियोजन गरेको छ । शुक्रबार महानगरपालिले आर्थिक वर्ष २०७९/०८० को लागि कुल २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार अनुमानित बजेट तथा कार्यक्रम तयार पारेको हो ।आगामी आर्थिक वर्षको बजेट विनियोजनबारे जानकारी गराउँदै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बजेटअन्तर्गत महानगरपालिकाको सञ्चित कोषमा जम्मा हुने २२ अर्ब ३६ करोड ९५ लाख ४९ हजार, सामाजिक सुरक्षा भत्तालगायत नेपाल सरकार, प्रदेश सरकार र जग्गा एकीकरण आयोजनाहरुबाट हुने आम्दानी, स्थानीय सञ्चित कोष बाहेकको बजेटमा समावेश हुने कुल तीन अर्ब पाँच

    • प्रकाशित मितिः असार १०, २०७९
    • १९४ पटक पढिएको
  • चिनी तस्करी बढ्यो, ५२० बोरा चिनी बरामद

    नेपालगञ्ज, असार १० गते । भारतले चिनी निर्यातमा रोक लगाएपछि दैनिक सयौं क्विन्टल अबैध चिनी नेपालगञ्ज भित्रिनेगरेको पाइएको छ । राजश्व छली गरेर ठूलो मात्रामा नेपाल भित्रिएको चिनी प्रहरीले पटक पटक बरामद गर्दै आएपछि यस नाकाबाट चिनी तस्करी बढेको पुष्टि भएको हो । सो क्रममा पछिल्लो पटक वडा प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले विहीबार राती भारतबाट भित्र्याइएको ठूलो मात्राको अवैध चिनी र दाल नेपालगञ्जबाट बरामद गरेको छ । नेपालगञ्ज वडा १ स्थित जिल्ला प्रहरी कार्यालय नजिक रहेको नन्दनी मिल परिसरबाट प्रहरीले ५२० बोरा अबैध चिनीसहित दाल ठूलो परिमाणमा बरामद गरेको जिल्ला प्रहरी

    • प्रकाशित मितिः असार १०, २०७९
    • १८६ पटक पढिएको
  • ७५३ स्थानीय तहले आज बजेट ल्याउदै

    सिरहा,असार १० गते । ७५३ स्थानीय सरकारले आगामी आर्थिक वर्ष  २०७९र८० को को वार्षिक बजेट आज सार्वजनिक गर्दैछन् । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार १० असारमा स्थानीय तहले बजेट ल्याइसक्नुपर्छ ।कतिपय प्राविधिक कठिनाइ तथा तयारी नै नपुगेका स्थानीय तहले भने बजेट ल्याउन सक्दैनन् । संघीय सरकार र प्रदेश सरकारको अनुदान तथा आन्तरिक स्रोत प्रयोग गरी बजेट बनाएका छन् ।१५ जेठमा संघीय सरकारले ल्याएको बजेटबाट गएको चार प्रकारको अनुदान ९समानीकरण, सशर्त, विशेष र समानीकरण०, राजस्व बाँडफाँटबाट प्राप्त हुने बजेट, प्राकृतिक स्रोतको बाँडफाँटबाट प्राप्त हुने रकम, कराधिकार, अन्य स्थानीय तहमा हुने आय र प्रदे

    • प्रकाशित मितिः असार १०, २०७९
    • १८३ पटक पढिएको
  • इन्धनको मूल्य घटाउने आपूर्तिमन्त्रीको संकेत

    काठमाडौं, असार १० गते। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले इन्धनको मूल्य घटाइने संकेत गर्नुभएको छ। संसद् भवन परिसरमा सञ्चारकर्मीसँग बोल्नुहुँदै मन्त्री बडूले करका दरमा समायोजन गरेर भए पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने बताउनुभएको हो। बिहीबारको प्रतिनिधिसभा बैठकमा यो विषयमा प्रतिनिधिसभा सदस्यले  सरकारको ध्यानाकर्षण गराएपछि उहाँले यस्तो बताउनुभएको हो। उहाँले विद्युतको खपत बढाएर पनि यसको मूल्यलाई सहज बनाउन सकिने योजनामा सरकारसँग रहेको बताउनुभयो।“पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने विषयमा सरकारको ध्यानाकर्षण भएको छ। मूल्यको समायोजनका लागि संसदम

    • प्रकाशित मितिः असार १०, २०७९
    • १९१ पटक पढिएको
  • विकास निर्माणमा सबै दल एकजुट हुनुपर्छ ंः पूर्वमन्त्री यादव

    लहान, ९ असार । नेकपा माओवादी केन्द्रका नेता पुर्वमन्त्री मात्रिका प्रसाद यादवले विकास निर्माणमा सम्पूर्ण दलहरु एकजुट हुनुपर्ने बताउनुभएको छ ।  सिरहाको मिर्चैया नगरपालिकाको ९ औं नगर अधिवेशनको आज उद्घाटन गर्नुहुँदै पूर्वमन्त्री यादवले भन्नुभयो,‘‘चुनावमा आ–आफ्नो दलिय विचार सहित लड्नुस् तर विकास निर्माणको काममा सवै दल, नागरिक समाज, शिक्षक, उद्योग एकजुट भएर लाग्नुस् ।” अनि मात्रै नगर सम्बृद्ध हुन्छ उहाँको भनाई थियो ।‘‘नगरको विकास गर्ने कुनै एउटै व्यक्ति वा पार्टीको मात्र जिम्मेवारी होइन”, उहाँले भन्नुभयो,‘‘ विकास सवैको साझा हो, त्यसैले कुनै पार्टी, व्यक्तिले निजी गर्ने होइन ।” हामी सवैको

    • प्रकाशित मितिः असार ९, २०७९
    • १३४ पटक पढिएको
  • विपद्बाट हुने धनजनको सुरक्षा गर्न निकाय जुट्नु पर्छ ं ः सञ्चारमन्त्री साह

    जनकपुर, ९ असार । मधेश प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले विपद्बाट हुने धनजनको सुरक्षामा सबै निकाय जुट्नु पर्ने बताउनुभएको छ । मन्त्रालयमा आज बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकलाई सम्बोधन गर्नुहुँदै मन्त्री साहले सबै निकाय मिलेर अघि बढ्े विपद्बाट हुने धनजनको क्षतिलाई कम गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।  ‘‘मौमस पुर्वानुमान महासंघ लगायतका निकायले यसबर्ष ठुलो विपद् आउन सक्ने सम्भावना रहेको बताईरहेको छ, त्यसैले हामी सबै निकाय मिलेर विपद्बाट हुन सक्ने धनजनको क्षतिलाई कम गर्नुपर्छ”, मन्त्री साहले भन्नुभयो,‘‘ सुरक्षा निकायसँगै तीनै तहको सरकार मिलेर जानुपर्छ

    • प्रकाशित मितिः असार ९, २०७९
    • १३५ पटक पढिएको
  • महोत्तरीमा २२९ जनामा मोतिबिन्दु भेटियो

    महोत्तरी, असार ९ गते । महोत्तरी जिल्लामा पाँच दिनसम्म गरिएको आँखा शिविरबाट धेरैमा मोतिबिन्दुको समस्या देखिएको छ । आँखा उपचार केन्द्र महोत्तरीका प्रमुख डा। बिरेन्द्र कुमार यादवले पाँच दिनसम्म जिल्लाको विभिन्न ठाउँमा गरिएको शिविरमा २२९ जनामा मोतिबिन्दु देखिएको बताउनु हुँदै अवस्था भयावह रहेको दाबी गर्नुभयो ।उहाँले जिल्लामा हरेक चारजनामा एकजनाको आँखामा मोतिबिन्दुको लक्षण देखिनु सामान्य नभएको तर्क राख्नुहँुदै आँखालाई बचाउन आग्रह गर्नुभयो । उहाँले नेपाल रेडक्रस सोसाइटी महोत्तरी र आँखा उपचार केन्द्र जलेश्वरको संयुक्त आयोजना तथा डयाक फाउण्डेशन र चौधरी आँखा अस्पतालको सहयोगमा जिल्लाको मनरासिश्

    • प्रकाशित मितिः असार ९, २०७९
    • १७१ पटक पढिएको
  • आज पाँच सय भारतीय पर्यटक जनकपुरधाम आउँदै

    जनकपुर, असार ९ गते । भारतीय रेलबाट एकै पटक पाँच सय धार्मिक पर्यटक आज ९बिहीबार० जनपुरधाम आउदै छ । निजी खर्चमा ४९९ धार्मिक पर्यटक बोकेको भारतीय रेल गत मङ्गलबार साँझ ७ बजे दिल्लीबाट प्रस्थान गरेसँगै आज जनकपुर आइपुग्ने भएको हो ।रामायण सर्किटसँग सम्बन्धित धार्मिक स्थलको दर्शन गर्दै पर्यटक बोकेको रेलसहित आज जनकपुरधाम दिउँसो १ः४५ बजे आइपुग्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जनकुमार झाले जानकारी दिनुभयो । रेलमा आउने सबैजना धार्मिक पर्यटक नै रहेको उहाँले पर्यटकहरु आफ्नै हिसाबले होटल, लज, धर्मशालालगायत आवासको व्यवस्थापन मिलाएको बताउनुभयो ।महाप्रबन्धक झाका अनुसार, रामायण सर्किटसँग सम्बन्धित अयोध्य

    • प्रकाशित मितिः असार ९, २०७९
    • १५१ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२