सिरहा,असार २७ गते। बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोपमा एक किशोरलाई धनगढी प्रहरीले नियन्त्रणमा लिएको छ। धनगढीमाई नगकरपालिका वडा नं.३मा आफ्नै छिमेकी करिव ६ वर्षिया बालिकालाई घर नजिकैको कुखुरा फारममा लगि यौन दुव्र्यवहार गरेको आरोपमा १५ वर्षिय बालकलाई आईतबार विहान पक्राउ परेको हो।

बालिकालाई ललाई फाकाई घर नजीकैको कुखरा फारममा लगेर शनिवार वेलुका यौन दुव्यवहार गरेको आरोपमा आईतबार विहान आँप बगैंचाबाट ईलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोली नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले जानकारी दिए।

घटना लगदै हल्ला खल्ला भएपछि फारार बालकलाई आज विहान नजीकैको आँप बगैंचाबाट प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ।