सिरहा,असार २८ गते । सिरहाको धनगढीमाई नगरपालिका वडा नं. ४ निमचौक मुसहरीमा पोखरीमा डुबेर एक जनाको मृत्यू भएको छ ।
आज विहान पोखरीमा नहाउन गएको बेला गोलवजार नगरपालिका वडा नं. ११ बलकवा घरभई हाल धनगढीमाई नगरपालिका वडा नं. ४ स्थित निमचौक मुसहरीमा हरिलाल सदायको घरमा घरज्वाई रही बस्दै आएका वर्ष ४५को विशुनिया सदायको नुहाउने वेलामा डुबेर मृत्यु भएको छ ।
राम विलास यादबको घर नजिक पोखरीमा नुहाउन गएको वेला के–कसरी पोखरीमा डुबेर मरेको थाहा नभएको स्थानियहरुको कथन रहेको छ ।
मृत्यु पश्चात ईलाका प्रहरी कार्यालय धनगढीका प्रहरी टोली घटना स्थलमा गई स्थलगत मुचुल्का गराई शब पोस्टमाडमको लागी लहान अस्पताल पठाईएको ईलाका प्रहरी कार्यालय धनगढीले जनाएको छ ।




















