X wada

आर्थिक

    Showing ४६१-४७० of ५४८ items.
  • सुनचाँदीको मूल्य घट्यो

    सिरहा,मंसिर १५ गते – आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर रु ९१ हजार ५०० कायम भएको छ ।पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९१ हजार ९००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार तोकिएको छ । त्यसको मूल्य मङ्गलबार प्रतितोला रु ९१ हजार ४०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार २०० तोकिएको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७७९ डलर आसपास कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • ११७ पटक पढिएको
  • नेपालमै मोबाइल उत्पादन गर्न व्यवसायीलाई अर्थमन्त्रीको आग्रह

    सिरहा,मंसिर १५ गते – अर्थमन्त्री जनार्दन शर्माले नेपालमै मोबाइल उत्पादन गर्न मोबाइल व्यवसायीहरुलाई आग्रह गरेका छन् । यसका लागि आवश्यक सहयोग गर्न सरकार तयार रहेको उनले बताए । बुधबार नेपाल मोबाइल वितरक संघको महाधिवेशन उदघाटन गर्दै अर्थमन्त्री शर्माले सो कुरा बताएका हुन् ।उनले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एमडीएमएस० तत्काल लागू गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको जानकारीसमेत दिए । अवैध रुपमा हुने कारोबार र राजश्व चुहावट रोक्न सरकार कडा रुपमा प्रस्तुत हुने मन्त्री शर्माले बताए । एमडीएमएस गत साउनदेखि नै लागू गर्ने घोषणा गरिएको थियो । तर अझै लागू हुन सकेको छैन । ठूलो मात्रामा अवैध

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • १२५ पटक पढिएको
  • व्यापारीको दवावपछि सडक निर्माण

    सर्लाही,मंसिर १५ गते – सर्लाहीको ईश्वरपुर नगरपालिकाले बाटो फराकिलो पार्ने नाउंमा घर टहरा मात्र भत्काए पनि सडक निर्माणमा आलटाल गरेको भन्दै स्थानीय व्यापारीहरु विरोधमा उत्रेपछि कालोपत्रे कार्य सुरु गरिएको छ ।स्थानीयवासी एवम् त्यहांका ब्यापारीहरु मेयर विरुद्ध प्रदर्शन गर्दै विरोधमा उत्रेका थिए । केही दिन अघि नागरिक समाज ईश्वरपुरले बाटो फराकिलो पार्ने नाउंमा सडकमा पर्ने घर टहरा भत्काएको थियो । घर टहरा भत्काएपछि सडक क्षेत्र झनै अस्तव्यस्त बनेको थियो । सडक निर्माणमा आलटाल गर्दै आएको नगरपालिका कार्यालयमाथि दवाव दिँदै स्थानीयवासी एवम् व्यापारीहरुले विरोध गरेका थिए

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • १८८ पटक पढिएको
  • यसै बर्षभित्र रेल सञ्चालन हुने

    सिरहा,मंसिर १४ गते –भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले यसै बर्षभित्र रेल सञ्चालनमा आउने बताएकी छिन ।मंगलबार जनकपुरधामस्थित रेल्वे स्टेशन पुगेका मन्त्री यादवले जयनगर–जनकपुर रेल्वेको ट्रयाक निरिक्षण गर्दै छिटो भन्दा छिटो रेल सञ्चालन गर्ने तयारी भईरहेको बताउनुभयो । उनले ठ्याक्कै यही मितिमा रेल चल्ने भन्न नसकिए पनि यस बर्षभित्रै कुर्थासम्म रेल सञ्चालनमा ल्याउने गरी आवश्यक प्रकृया अगाडि बढिसकेको बताउनुभयो । उनले रेल्वे सञ्चालनका लागि अध्यादेश निर्माण भईसकेको र चाँडै नै सदनमा पेश गरिने मन्त्री यादवको दावी छ । उनले केही कागजी प्रक्रियाहरु मात्र बाँकी रहेको र आजै आफू काठमान्डौ पुगेर

    • प्रकाशित मितिः मंसिर १४, २०७८
    • १२२ पटक पढिएको
  • सुनचाँदीको मूल्य घट्यो

    सिरहा,मंसिर १४ गते – मंगलबार सुनको मूल्य लगातार दोश्रो दिन घटेको छ । मंसिर १४ गते, मंगलबार सुन तोलामा १०० रूपैयाँले ओरालो लागेको हो । छापावाल सुन प्रतितोला ९१ हजार ९०० रूपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी तेजाबी सुन प्रतितोला ९१ हजार ४०० रूपैयाँमा किनबेच हँदैछ । सोमबार पनि सुन तोलामा १०० रूपैयाँले ओरालो लागेर प्रतितोला ९२ हजार रूपैयाँ तोकिएको थियो । मंगलबार चाँदीको मूल्य पनि सामान्य गिरावट भएको छ । यस दिन चाँदी तोलामा १५ रूपैयाँले ओरालो लागेर प्रतितोला एक हजार २०५ रूपैयाँमा कारोबार हुँदैछ । अघिल्लो कारोबार दिन भने चाँदी तोलामा १० रूपैयाँले वृद्धि भई एक ह

    • प्रकाशित मितिः मंसिर १४, २०७८
    • १२२ पटक पढिएको
  • राष्ट्र बैंकले १ अर्ब १० करोड बढी कोषको रकम ब्याजमा लगानी गर्दै

    सिरहा,मंसिर १४ गते – नेपाल राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको १ अर्ब १० करोड बढी लगानी योग्य रकम ब्याजमा लगानी गर्ने भएको छ ।बैंकले मंसिर २९, २०७८ देखि आगामी वर्ष मंसिर २९, २०७९ सम्म एक वर्षका लागि कुल १ अर्ब १० करोड ७८ लाख रुपैयाँ मुद्दतीमा ब्याजमा लगानी गर्न चाहेको हो । यसका लागि बैंकले इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई दरखास्त आह्वान गरेको छ । बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकहरुका लागि ८८ करोड ६४ हजार रुपैयाँ छुट्याइएको छ भने ‘ख’ र ‘ग’ वर्गका विकास बैंक र लघुवित्त कम्पनीहरुलाई क्रमशः १६ करोड ६१ लाख र ५ करोड ५३ लाख रुपैयाँ छुट्याइएको छ । तर, निक्षेप माग गर

    • प्रकाशित मितिः मंसिर १४, २०७८
    • १०२ पटक पढिएको
  • तीन स्थानीय तह वाणिज्य बैङ्कविहीन

    सिरहा,मंसिर १४ गते – कुल ७५३ स्थानीय तहमध्ये ७५० स्थानीय तहमा वाणिज्य बैङ्कको उपस्थिति पुगेको छ । तीनवटा गाउँपालिकामा बैङ्कको शाखा अझै पुग्न सकेको छैन । शाखा नपुगेका स्थानीय तहमा बागमती प्रदेशमा धादिङको रुबीभ्याली, कर्णाली प्रदेशमा जाजरकोटको जुनीचाँदे र सुदूरपश्चिम प्रदेशमा बझाङको साइपाल गाउँपालिका रहेका छन् ।यी गाउँपालिकामा पनि बैङ्क शाखा पुग्ने क्रममा रहेको राष्ट्र बैङ्कले जनाएको छ । सरकारको प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा वाणिज्य बैङ्कको शाखा पु¥याउने लक्ष्यअनुरूप कुल ७५३ स्थानीय तहमध्ये २०७८ असार मसान्तमा ७५० स्थानीय तहमा वाणिज्य बैङ्कको उपस्थिति पुगेको हो । त्यसैगरी २०७८ असार मसान्तसम्

    • प्रकाशित मितिः मंसिर १४, २०७८
    • ११६ पटक पढिएको
  • सुन प्रतितोला रुपियाँ ९२ हजार

    सिरहा,मंसिर १३ गते – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रुपियाँ ९२ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रुपियाँ ९२ हजार १०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रुपियाँ १०० ले घटेको छ ।      नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रुपियाँ ९१ हजार ५०० कायम भएको छ, जसको मूल्य आइतबार प्रतितोला रुपियाँ ९१ हजार ६०० तोकिएको थियो ।  त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रुपियाँ १० ले बढेर रु एक हजार २२० तोकिएको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रत

    • प्रकाशित मितिः मंसिर १३, २०७८
    • ११५ पटक पढिएको
  • अवैध सामग्री भन्सारमा बुझाइयो

    महोत्तरी,मंसिर १३ गते – जिल्लाको सम्सी गाउंपालिका–७ मा भन्सार छलेर भारतबाट नेपाल तर्फ ल्याएको १ लाख १७ हजार ५ सयको किरानाको सामानहरु प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार अबेर राति जिल्ला प्रहरी कार्यालय महोत्तरी र सम्सी प्रहरी चौकीबाट खटेको संयुक्त टोलीले स्थानीय बिलास साहको घरमा लुकाइ राखेको अवस्थामा सामानहरु नियन्त्रणमा लिएको हो । प्रहरीले ३१ बोरा चीनी, प्लाष्टिकको प्लेट ,मिठाइमा प्रयोग गरिने रंग लगायतको सामग्री नियन्त्रणमा लिएको हो । त्यसैगरी बीआर ०६ एबी १७६९ र बीआर ३० यु २२४६ नम्बरको दुइ वटा मोटरसाइकल समेत नियन्त्रणमा लिएको जिप्रका महोत्तरीले जनाएको छ । सामान ल्याउने व्यक्ति फरार भएको छ भ

    • प्रकाशित मितिः मंसिर १३, २०७८
    • १२८ पटक पढिएको
  • रौतहटमा तीन बिगाहा खेतको धानमा आगलागी

    रौतहट,मंसिर १३ गते –  रौतहटको देवाही गोनाही नगरपालिकामातीन बिगाहा खेतको फलेको धानमा आगलागी भएको छ । देवाही गोनाही–७ प्रेमपुर गोनाहीका बुधाई राय यादवको दाँई हाल्न खलिहानमा राखिएको धानको भारीमा आगलागी भएको हो । आगलागी बाट खलिहानमा राखिएको ६४० वटा धानको भारी बोझा पूर्णरुपमा जलेर नष्ट भएको पीडित परिवारले जनाएको छ ।ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले प्रहरी र गाउँले मिलेर दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको बताएका छन् । धानको भारीको चारैतिर बाट एकैचोटि आगलागी भएको देखिएकाले कसैले आगो लगाएको हुनसक्ने आशंका व्यक्त गर्दै घटनाको अनुसन्धान भैरहेको डिएसपी भण्डारीले जानक

    • प्रकाशित मितिः मंसिर १३, २०७८
    • ११४ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२