सिरहा,मंसिर १४ गते – कुल ७५३ स्थानीय तहमध्ये ७५० स्थानीय तहमा वाणिज्य बैङ्कको उपस्थिति पुगेको छ । तीनवटा गाउँपालिकामा बैङ्कको शाखा अझै पुग्न सकेको छैन । शाखा नपुगेका स्थानीय तहमा बागमती प्रदेशमा धादिङको रुबीभ्याली, कर्णाली प्रदेशमा जाजरकोटको जुनीचाँदे र सुदूरपश्चिम प्रदेशमा बझाङको साइपाल गाउँपालिका रहेका छन् ।
यी गाउँपालिकामा पनि बैङ्क शाखा पुग्ने क्रममा रहेको राष्ट्र बैङ्कले जनाएको छ । सरकारको प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा वाणिज्य बैङ्कको शाखा पु¥याउने लक्ष्यअनुरूप कुल ७५३ स्थानीय तहमध्ये २०७८ असार मसान्तमा ७५० स्थानीय तहमा वाणिज्य बैङ्कको उपस्थिति पुगेको हो । त्यसैगरी २०७८ असार मसान्तसम्ममा ‘क’ वर्गका चार हजार ७५३, ‘ख’ वर्गका एक हजार २३, ‘ग’ वर्गका २२२ र ‘घ’ वर्गका चार हजार ६८५ गरी बैङ्क तथा वित्तीय संस्थाको शाखा सङ्ख्या कुल १० हजार ६८३ पुगेको छ ।
नेपाल राष्ट्र बैङ्कका अनुसार आर्थिक वर्ष २०७७र७८ को वार्षिक प्रतिवेदनका अनुसार प्रतिबैङ्क तथा वित्तीय संस्थाहरूको शाखाबाट औसतमा करिब दुई हजार ८४४ जनसङ्ख्याले सेवा प्राप्त गर्न सक्ने देखिन्छ । साथै शाखारहित बैङ्किङ सेवाको सङ्ख्या एक हजार ७०६ पुगेको छ । बैङ्क तथा वित्तीय संस्था एक आपसमा गाभ्ने वा गाभिने प्रक्रियाबमोजिम २०७८ असार मसान्तसम्म कुल २२९ बैङ्क तथा वित्तीय संस्था एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्ति प्रक्रियामा संलग्न भई ५८ संस्था कायम भएका छन् । समीक्षा वर्षमा मात्र ‘क’, ‘ख’, र ‘ग’ वर्गका गरी ३३ संस्था एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई १२ बैङ्क तथा वित्तीय संस्था कायम हुन पुगेका छन् । सो अवधिमा भएका जम्मा २० वटा गाभ्नेरगाभिने तथा प्राप्तिमध्ये गाभ्ने÷गाभिनेतर्फ १० र प्राप्तितर्फ १० रहेका छन् ।
आर्थिक वर्ष २०७७र७८ मा खुला बजार कारोबारका विभिन्न उपकरणमार्फत कुल तीन खर्ब तीन अर्ब २९ करोड तरलता प्रशोचन गरिएको छ भने कुल ६७ अर्ब ९४ करोड तरलता प्रवाह गरिएको छ । गत आवमा वर्षमा तीन खर्ब ७० अर्ब ३४ करोडको स्थायी तरलता सुविधा उपयोग भएको छ । यस्तै २०७७ असार मसान्तसम्म विभिन्न दरका गरी पाँच खर्ब ८८ अर्ब छ करोड बराबरका नोटहरू चलनचल्तीमा रहेकामा २०७८ असार मसान्तसम्ममा १६।२३ प्रतिशतले वृद्धि भई चलनचल्तीमा रहेका कुल नोट छ खर्ब ८३ अर्ब ५० करोड बराबरका छन् ।
राष्ट्र बैङ्कका अनुसार आर्थिक वर्ष २०७७र७८ मा कुल वस्तु निर्यात ४४।४ प्रतिशतले वृद्धि भई एक खर्ब ४१ अर्ब १२ करोड रुपियाँ पुगेको छ । सो अवधिमा कुल वस्तु आयात २८।७ प्रतिशतले वृद्धि भई १५ खर्ब ३९ अर्ब ८४ करोड रुपियाँ छ । गत आर्थिक वर्षमा कुल वस्तु व्यापार घाटा १३ खर्ब ९८ अर्ब ७१ करोड रुपियाँ कायम भएको छ । यो व्यापार घाटा कुल गार्हस्थ्य उत्पादनको ३२।८ प्रतिशत हो ।
गत आर्थिक वर्षमा निक्षेप तथा कर्जा सुरक्षण कोषले २०७८ असार मसान्तसम्ममा एक खर्ब ४१ अर्ब कर्जा र आठ खर्ब ११ अर्ब ६२ करोड निक्षेप सुरक्षण गरेको छ । कर्जा सूचना केन्द्रबाट आर्थिक वर्ष २०७७र७८ मा २७ वाणिज्य बैङ्क, १८ विकास बैङ्क, १७ वित्त कम्पनी र ७० लघुवित्त वित्तीय संस्थाले जम्मा ५२ लाख ८४ हजार ३६१ कर्जाको सूचना माग गरेका थिए




















