सिरहा,मंसिर १४ गते – मंगलबार सुनको मूल्य लगातार दोश्रो दिन घटेको छ । मंसिर १४ गते, मंगलबार सुन तोलामा १०० रूपैयाँले ओरालो लागेको हो । छापावाल सुन प्रतितोला ९१ हजार ९०० रूपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी तेजाबी सुन प्रतितोला ९१ हजार ४०० रूपैयाँमा किनबेच हँदैछ । सोमबार पनि सुन तोलामा १०० रूपैयाँले ओरालो लागेर प्रतितोला ९२ हजार रूपैयाँ तोकिएको थियो । मंगलबार चाँदीको मूल्य पनि सामान्य गिरावट भएको छ । यस दिन चाँदी तोलामा १५ रूपैयाँले ओरालो लागेर प्रतितोला एक हजार २०५ रूपैयाँमा कारोबार हुँदैछ । अघिल्लो कारोबार दिन भने चाँदी तोलामा १० रूपैयाँले वृद्धि भई एक हजार २२० रूपैयाँमा खरिदबिक्री भएको थियो ।




















