X wada

आर्थिक

    Showing ३८१-३९० of ५४८ items.
  • कृषि मन्त्रालयको आधाभन्दा बढी बजेट मल खरिदमा

    काठमाडौँ, पुष १५ गते – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मल खरिदका लागि अर्थ मन्त्रालयसँग मागेको साढे १३ अर्ब रुपियाँमध्ये १२ अर्ब ७५ करोड रुपियाँ प्राप्त गरेको छ । योसमेत गरी रासायनिक मल खरिद गर्न दिएको रकम २७ अर्ब ७५ रुपियाँ भएको छ जब कि कृषि मन्त्रालयको बजेट ४५ अर्ब पाँच करोड रहेको छ ।सरकारले आ।व। २०७८/७९ बजेटमा नै रासायनिक मल खरिदका लागि १५ अर्ब रुपियाँको व्यवस्था गरेको छ । त्यो रकमले चाहिने जति मल खरिद गर्न नसकेपछि कृषि मन्त्रालयले अर्थ मन्त्रालयसँग १३ अर्ब ४८ करोड रुपियाँ माग गरेको थियो । पहिले नै एक अर्ब रुपियाँ उपलब्ध गराइसकेको थियो भने ११ अर्ब ७५ करोड रुपियाँ हालसालै उपलब्ध

    • प्रकाशित मितिः पुस १५, २०७८
    • १६२ पटक पढिएको
  • सीईओसहित थप कर्मचारी पक्राउ

    विराटनगर, पुष १५ गते – सप्तकोसी डेभलेपमेन्ट बैङ्कका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० नवीन सुवेदी पक्राउ परेका छन् । विराटनगर–७ स्थित बैङ्कबाट १५ करोड ७५ लाख ४० हजार ५७५ रुपियाँ मिलेमतोमा आर्थिक अपचलन गरेको आरोपमा प्रहरीले विराटनगर–६ का सुवेदीलाई पक्राउ गरेको हो ।मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार सीईओसहित अन्य दुई जनालाई समेत पक्राउ गरिएको छ । प्रहरीले वित्तीय प्रमुख विराटनगर–१ निवासी देवीप्रसाद भण्डारी र अपरेसन प्रमुख अमित थापा मगरलाई समेत सीईओ सुवेदीसँगै नियन्त्रणमा लिइएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । यसअगाडि मङ्सिर १९ गते बैङ्कका कर्मचारी विराटनगर–१

    • प्रकाशित मितिः पुस १५, २०७८
    • १३१ पटक पढिएको
  • श्रमिकलाई सात लाखको बीमा

    काठमाडौं, पुष १३ गते – प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतको रोजगारी पाएका श्रमिकको सात लाख रुपियाँको सामूहिक कार्यस्थल दुर्घटना बीमा हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका संशोधन गरेर उक्त व्यवस्था गर्ने तयारी गरेको हो ।सो बीमा कार्यक्रम गत वर्षदेखि नै लागू गर्ने भनेर मन्त्रिपरिषद्बाट निर्णय गराइए पनि एक वर्षको मात्रै भनिएकाले यो वर्ष निर्देशिकामै व्यवस्था गरेर कार्यान्वयनमा ल्याउन लागेको श्रम मन्त्रालयका सहसचिव एवं प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय निर्देशक डण्डुुराज घिमिरेले जानकारी दिनुभयो । मन्त्रालयका

    • प्रकाशित मितिः पुस १३, २०७८
    • १२२ पटक पढिएको
  • सुनको मूल्यमा गिराबट

    सिरहा,पुष  १३ गते –  सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला दुई सयले घटेर रु ९३ हजार तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला ९३ हजार दुई सयमा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार पाँच सय कायम भएको छ जसको मूल्य सोमबार प्रतितोला रु ९२ हजार सात सय तोकिएको थियो ।त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले बढेर रु एक हजार २६० पुगेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८१२ डलर आसपास कारोबार भइरहेको छ 

    • प्रकाशित मितिः पुस १३, २०७८
    • ९२ पटक पढिएको
  • जानकी मन्दिरले तिरेन विद्युत् महसुल

    सिरहा,पुष १३ गते – जानकी मन्दिरको विद्युत् बक्यौता ८१ लाख रुपैयाँ नाघेको छ। जानकी र सँगै रहेको लक्ष्मण मन्दिरले २०७१ सालपछि महसुल तिरेका छैनन्। लामो समय बक्यौता रहेका कारण नेपाल विद्युत् प्राधिकरणले बेलाबेलामा मन्दिरको लाइन नै काटिदिने गरेको छ। पछिल्लो समय चाडपर्वमा जेनरेटर प्रयोग गरी बत्ती बाल्ने गरिएको छ। तर, मन्दिर व्यवस्थापनले पुरानो बक्यौता तिर्न चासो देखाएको छैन। भक्तजनले चढाएको भेटी, विवाह मण्डपको टिकटबाट आउने आम्दानी, विद्युतीय चलचित्र म्युजियम, दर्जनभन्दा बढी पोखरी र सटर भाडाबाट वार्षिक डेढ करोडभन्दा बढी आम्दानी हुनेगरेको छ। ‘भेटी र पूजापाठबापत आउने रकमबाट महसुल बुझाउने गरी व्यवस

    • प्रकाशित मितिः पुस १३, २०७८
    • १४३ पटक पढिएको
  • सुनको मूल्यमा सामान्य वृद्धि

    सिरहा, पुष १२ गते  सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक सय रुपियाँले बढेर ९३ हजार दुई सय रुपियाँ पुगेको छ । अघिल्लो दिन पहेँलो धातु प्रतितोला ९३ हजार एक सय रुपियाँमा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार सात सय रुपियाँ रहनेछ जसको मूल्य आइतबार प्रतितोला ९२ हजार छ सय रुपियाँ तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा दश रुपियाँले घटेर एक हजार २५० रहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८०९ डलर आसपास कारोबार भइरहेको छ

    • प्रकाशित मितिः पुस १२, २०७८
    • १२२ पटक पढिएको
  • ढल्केबर सौर्य आयोजना सञ्चालनमा

    सिरहा, पुष १२ गते – धनुषाको मिथिला नगरपालिका १ स्थित ढल्केबर सौर्य विद्युत आयोजनाको एक मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । अपि पावर कम्पनीले निर्माण गरेको सौर्य विद्युत आयोजनाको विद्युत आइतबारदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो ।आयोजनाको विद्युत ११ केभी प्रसारण लाइनमार्फत दुई किलोमिटरको दुरीमा रहेको ढल्केबर सबस्टेसनमा जोडिएको छ । आयोजनाले उत्पादन गरेको विद्युत प्रतियुनिट ७.३० रुपैयाँमा नेपाल विद्युत प्राधिकरणले खरिद गर्नेछ । कम्पनीले साढे चार बिघा क्षेत्रफलमा चार सय वाटका दुई हजार ६८८ वटा सौर्य प्यानल राखेर विद्युत उत्पादन गर्न आयोजना निर्माण गरेको छ । व्यापारिक विद

    • प्रकाशित मितिः पुस १२, २०७८
    • १४४ पटक पढिएको
  • सिरहामा सटर तोडेर दशलाख भन्दाबढीको चोरी

    सिरहा,पुष १२ गते– सिरहाको दुई किराना पसलमा सटर तोडेर चोरले करिब १० लाख भन्दा बढीको सामग्री तथा काउन्टरमा रहेको नगद चोरी गरेको छ । गोलबजार ना।पा–६ गुम्बा चौक स्थितको मनोज इन्टरप्राइजेज र लक्ष्मी जेनरल स्टोरबाट करिब नौ लाख मूल्य बराबरको समान तथा दुबै पसलगरि एक लाख नगद चोरी गरेकोे हो ।चोरले किराना पसलको सटरलाइ तोडेर मनोज इन्टरप्राइजेजबाट १५ बेन्डल सुर्या चुरोट ,२० बेन्डल सिखर चुरोट , दुइ लाख बराबरको रिचार्ज कार्ड ,एक थान ९डेल कम्पनिको ०ल्यापटप र काउन्टरमा रहेको नगद रु ५० हजार चोरी भएको पसल संचालक मनोज साहले जनाएको छ । त्यसैगरि लक्ष््मी जेनरल स्टोरबाट १० बन्डल सुर्या चुरोट ,१५ बेन्डल सिखर चुरोट ,१

    • प्रकाशित मितिः पुस १२, २०७८
    • १७९ पटक पढिएको
  • विद्युत चुहावट नियन्त्रण गर्दै प्राधिकरण, चार महिनामा २.८३ प्रतिशत घट्यो

    काठमाडौं, पुष ११ गते – नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष आर्थिक वर्ष २०७८/७९ को पहिलो चार महिनामा प्रणालीमा रहेको विद्युत चुहावट १४.३५ प्रतिशतमा झारेको छ । नियमित रुपमा विद्युत आपूर्ति र प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबाट प्राधिकरणले गत आर्थिक वर्षमा प्रणालीको १७.१८ प्रतिशतको चुहावटलाई चालु आर्थिक वर्षको चार महिनामा २.८३ प्रतिशत विन्दुले घटाएर १४.३५ प्रतिशतमा सिमित गरेको हो ।कात्तिकसम्ममा प्रणालीमा रहेको चुहावटमध्ये वितरणतर्फ ९/२४ प्रतिशत छ भने बाँकी प्रसारण तथा उत्पादनतर्फको हो । गत वर्षको कात्तिकसम्म वितरणतर्फको चुहावट १.०१ प्रतिशत थियो । ग

    • प्रकाशित मितिः पुस ११, २०७८
    • १४४ पटक पढिएको
  • सिके राउतका कार्यकर्ताद्वारा गाडीहरु तोडफोड

    सिरहा,पुष ११ गते – सिराहामा सिके राउतका कार्यकर्ताहरुले सवारी साधनहरू तोडफोड गरेका छन् । बन्द उल्लंघन गरेको आरोपमा उनीहरूले मिर्चैयामा गाडीहरू तोडफोड गरेका हुन् ।एसपी हिरा पाण्डेका अनुसार मिर्चैयामा सीके राउतका कार्यकर्ताहरूले चार(पाँच वटा गाडीहरूको सिसा फुटाएका छन् । प्रहरी नभएको मौकामा उनीहरूले गाडीमा तोडफोड गरेको पाण्डेले बताए । ‘चार(पाँच वटा गाडीहरू तोडफोड भएका छन्, सडक बन्द गर्न भने दिएका छैनौं, लामो र छोटो दुरीका गाडीहरू चलिरहेका छन्,’ एसपी पाण्डेले भने । बल प्रयोग गरेर प्रहरीले बाटो खुलाएको उनले बताए ।औरही गाउँपालिकाबाट किसानहरूले गहुँको बिउ लुटेर लगेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ

    • प्रकाशित मितिः पुस ११, २०७८
    • २५३ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२