सिरहा, पुष १२ गते  सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक सय रुपियाँले बढेर ९३ हजार दुई सय रुपियाँ पुगेको छ । अघिल्लो दिन पहेँलो धातु प्रतितोला ९३ हजार एक सय रुपियाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार सात सय रुपियाँ रहनेछ जसको मूल्य आइतबार प्रतितोला ९२ हजार छ सय रुपियाँ तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा दश रुपियाँले घटेर एक हजार २५० रहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८०९ डलर आसपास कारोबार भइरहेको छ