मेक्सिको,फागुन २६ गते – मेक्सिकोमा गोली हानेर १० जनाको हत्या गरिएको छ। मेक्सिकोको एट्लिक्समा रहेको बस्तीको एक घरमा बुधबार गोली हानेर एकै घरका १० को ज्यान लिइएको प्रहरीले जनाएको छ।मध्य मेक्सिकोको एट्लिक्सकोमा भएको सो हत्याकाण्डको अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ। उक्त सहरको एक निजी बस्तीमा भएको सो हत्याकाण्डमा तीन जना महिला पनि रहेका छन्। पुएबला प्रान्तको न्यायाधिवक्ताको कार्यालयले सो घटनाको अनुसन्धान सुरु भएको र यसमा लागू औषधका कारोबारीहरुको हात रहेको अनुमान गरिएको बताएको छ। मारिएका नौ जनालाई नै टाउको, खुट्टा र छातीमा गोली हानिएको सो कार्यालयले जानकारी दिएको छ।हत्या गरिएको सो घरको व
मुम्बई,फागुन २६ गते – गृह ब्यानरमा निर्मित ‘बजरंगी भाइजान २’ छायांकनका लागि समय दिन लागेको बलिउड अभिनेता सलमान खानले अर्को महिनाबाट ‘कभी दिवाली कभि इद’ छायांकन सुरु गर्ने भएका छन् ।साजिद नाडियाडवालाको प्रोडक्सनमा निर्माण हुन लागेको यो फिल्म १५ मार्चमा मुम्बईमा ‘फ्लोर’मा जाने बताइएको छ । यो फिल्म रिलिजपछिको सबैभन्दा ठूलो डिजिटल र स्याटेलाइट सम्झौता तयारीमा निर्माण पक्ष रहेको छ । ‘कभी इद कभी दिवाली’ डिजिटल र स्याटेलाइट प्रदर्शनका लागि १ सय ३० करोड भारतीय रुपैयाँ प्रस्ताव आएको छ । निर्माण पक्षले भने १ सय ५० करोड मागेको छ । अमेजन र जीसँग सलमानको सम्झौताका कारण ‘दबंग ३’ पनि सोही दायरामा थियो
मेरिल्याण्ड,फागुन २६ गते – विश्वमै पहिलोपटक मानव शरीरमा सुँगुरको मुटुको सफल प्रत्यारोपण गरिएका डेभिड बेनेटको मृत्यु भएको छ। मुटु प्रत्यारोपण गरेको दुई महिनापछि उनको मृत्यु भएको हो।उनमा आनुवंशिक रूपमा परिवर्तन गरिएको सुँगुरको मुटु प्रत्यारोपण गरिएको थियो। उनमा मुटु प्रत्यारोपण गर्ने व्यक्ति अमेरिकाका ५७ वर्षीय डेभिड बेनेट हुन्। बाल्टिमोरमा गरिएको सात घण्टा लामो प्रयोगात्मक प्रक्रियाको तीन दिनपछि डेभिड बेनेटको शरीरले राम्रो प्रतिक्रिया जनाएको थियो। यो प्रत्यारोपणलाई बेनेटको जीवन बचाउने अन्तिम आशाको रूपमा लिइएको थियो, यद्यपि उनको लामो समय बाँच्ने सम्भावना कति छ भन्ने अझै स्पष्ट न
किभ,फागुन २२ गते – रुस र युक्रेनबीच युद्ध चर्किएको बेलामा अर्को चरणको शान्ति वार्ता सोमबार हुने भएको छ। यसअघि पनि दुई देशबीचमा वार्ता भएको थियो र सो वार्ता युक्रेन र बेलारुसबीचको सीमामा भएको थियो।तर यस पटक भने वार्ता कहाँ भन्ने बारेमा केही खुलाइएको छैन। रुसी र युक्रेनी अधिकारीहरूबीच भएको पहिलो र दोस्रो चरणको वार्तामा कुनै निष्कर्ष ननिस्किएको अधिकारीहरुले जनाएका छन्। तेस्रो चरणको वार्ता सोमबार हुने जानकारी युक्रेनका तर्फबाट वार्ता टोलीका सदस्य डेभिड आरकसानले दिएका छन्। उनले आ(फ्नो फेसबुक स्टाटसमा युक्रेन र रुस बीच तेस्रो चरणको वार्ता सोमबार हुने बारेमा जानकारी दिएका विभिन्न सञ्चारमाध्यमहर
दोहा,फागुन १९ गते – आममाफीबाट कतारमा १४ हजारभन्दा बढी व्यक्ति लाभान्वित भएका छन् ।कतारले आफ्नो गैरकानुनी अवस्था सच्याउनका लागि गत वर्ष १० अक्टोबरदेखि आममाफीको घोषणा गरेपछि हालसम्म २८ हजार ४७६ भन्दा बढी श्रमिकहरुको अनुरोध प्राप्त गरेको यहाँको आन्तरिक मन्त्रालयले जनाएको छ । मन्त्रालयले सच एण्ड फलो विभागमा गरेको पत्रकार सम्मेलनमा अहिलेसम्म ८ हजार २२७ जना स्वदेश फर्किएका र ६ हजारले कागजपत्र नियमित गराएर वैधानिकता लिएको जानकारी दिएको छ । मन्त्रालयका अनुसार आममाफी अवधिका लाभग्राहीलाई स्वदेशभित्र रहेको अवस्थामा कानुनी हैसियत सच्याउन र सच्याउन नसके देश छाड्न समेत सबै सुविधा उपलब्ध गराउने जनाएको छ ।कम्
किभ,फागुन १९ गते – युक्रेनमा रुसले आक्रमण गरेको आज आठौं दिन हो। युक्रेनले रुसले बालबालिकालाई आक्रमणको सिकार बनाएको आरोप लगाएको छ।यसैबीच, रूसी अधिकारीहरूले रूसी सेनाले किभमा बस्ने मानिसहरूलाई सहर छोडेर सुरक्षित भासिल्किएभ जान अनुमति दिने बताएको दावी गरेका छन्। यो प्रस्ताव सेनाले किभका जनतालाई दिने राज्य मिडियामा घोषणा गर्दै, मस्कोको रक्षा मन्त्रालयका प्रवक्ता मेजर जनरल इगोर कोनाशेन्कोभले भने।रोसिया २४ मा टेलिकास्ट गरिएको भिडियोमा इगोरले भनेका छन्, ुरूसी सेनाले मानिसहरूलाई सहरबाट बाहिर निक्लन कुनै कठिनाइको सामना गर्न पर्ने छैन। रूसले किभमा बस्ने मानिसहरूलाई सुरक्षित स्थानान्तरणको कुरा गरेको दोस्
किभ,फागुन १८ गते – युक्रेनले रुसको मिसाइल आक्रमणमा कम्तीमा दुई सर्वसाधारणको मृत्यु भएको जनाएको छ। राजधानी किभको पश्चिममा रहेको जोटेमारमा यो आक्रमण भएको हो। अधिकारीहरूका अनुसार आक्रमणको लक्ष्य सहरको एयरबेस थियो, तर नजिकैका आवासीय घर निशानामा पर्यो।युक्रेनको आन्तरिक मन्त्रालयले ट्वीट गर्दै उक्त हमलामा दुई जनाको मृत्यु भएको र १६ जना घाइते भएको जानकारी दिएको छ। टेलिग्राममा सरकारी अधिकारी एन्टोन गेराश्चेन्कोले मृत्यु हुनेको संख्या बढी हुन सक्ने बताए। एक बालकसहित चार जनाको मृत्यु भएको उनको भनाइ छ। युक्रेनी सरकारको एकाउन्टबाट विष्फोटपछिको भिडियो फेसबुक र टेलिग्राममा शेयर गरिएको छ। भिडियोमा उद्ध
लन्डन,फागुन १८ गते – रुस–युक्रेन द्वन्द्व प्रभावित ३ सय २ जना नेपाली सुरक्षित गन्तव्यमा पुगेका छन् । रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको बैठकलाई मंगलबार साँझ सम्बोधन गर्दै जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपालीहरु सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावा लगायतको देशमा पुगेको जानकारी दिए।समितिका अनुसार मंगलबारसम्म २ सय ३२ जना पोल्याण्ड, ३९ जना स्लोभाकिया, ४ जना हंगेरी, २३ जना रोमानिया र ४ माल्दावा पुगेका हुन् । यसअघि, समितिका अध्यक्षसमेत रहेका राजदूत खड्काको अध्यक्
किभ,फागुन १७ गते – युक्रेनको रक्षा मन्त्रालयले आफ्नो देशको सेनाले हालसम्म ५ हजार रुसी सैनिक मारेको दावी गरेको छ। युक्रेनी अधिकारीहरूले फेसबुक पोस्टमा पछिल्लो चार दिनको लडाईमा ५ हजार ३ सय रूसी सैनिक मारेको बताएका हुन्। दाबीअनुसार १९१ रुसी ट्याङ्कर, २९ लडाकू विमान, २९ हेलिकप्टर र सैनिक बोकेका ८१६ सशस्त्र सवारी साधन ध्वस्त भएका छन् । युक्रेनमा रुसको आक्रमणको पाँचौं दिन पनि देशका धेरै सहर उच्च सतर्कतामा रहेका छन् । युक्रेनी सेनाले सोमबार रुसी सेनाले राजधानीको बाहिरी भागमा आक्रमण गर्ने धेरै प्रयास गरे पनि उनीहरूले कब्जा गर्न नसकेको बताए। रूसी सेनाको ठूलो समुह युक्रेनको राजधानी किभत
वासिङटन डिसी,फागुन १७ गते – अमेरिकाका लागि युक्रेनका राजदूतले युद्धको पाँचौं दिन सोमबार युक्रेनविरुद्धको युद्धमा रुसले प्रतिबन्धित थर्मोबारिक हतियार प्रयोग गरेको अमेरिकी सांसदहरूलाई बताए। रसियाले आज भ्याकुम बम प्रयोग गरेको छ, जुन जेनेभा कन्भेन्सन अन्तर्गत प्रतिबन्धित छु, युक्रेनी राजदूतले भने। थर्मोबारिक हतियारमा परम्परागत गोली बारुद प्रयोग गरिंदैनन्। यो उच्च दबायुक्त विस्फोट हुने खालको हुन्छ। यसले वरपरको वायुमण्डलबाट अक्सिजन सोसेर शक्तिशाली विस्फोट गराउँछ। ह्युमन राइट्स वाचका अनुसार रुसी गणतन्त्र चेचन्यामा यसको प्रयोग पहिले नै देखिएको छ। यसअघि शनिबार, सीएनएनले रूसी शहर बेलगोरोड नजिकै थर्
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.