वासिङटन डिसी,फागुन १७ गते – अमेरिकाका लागि युक्रेनका राजदूतले युद्धको पाँचौं दिन सोमबार युक्रेनविरुद्धको युद्धमा रुसले प्रतिबन्धित थर्मोबारिक हतियार प्रयोग गरेको अमेरिकी सांसदहरूलाई बताए।
रसियाले आज भ्याकुम बम प्रयोग गरेको छ, जुन जेनेभा कन्भेन्सन अन्तर्गत प्रतिबन्धित छु, युक्रेनी राजदूतले भने। थर्मोबारिक हतियारमा परम्परागत गोली बारुद प्रयोग गरिंदैनन्। यो उच्च दबायुक्त विस्फोट हुने खालको हुन्छ। यसले वरपरको वायुमण्डलबाट अक्सिजन सोसेर शक्तिशाली विस्फोट गराउँछ। ह्युमन राइट्स वाचका अनुसार रुसी गणतन्त्र चेचन्यामा यसको प्रयोग पहिले नै देखिएको छ। यसअघि शनिबार, सीएनएनले रूसी शहर बेलगोरोड नजिकै थर्मोबारिक रकेट लन्चर देखेको रिपोर्ट गरेको थियो।
यसैबीच युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले टेलिभिजन सम्बोधनमा युक्रेनमा रुसले आक्रमण गरेको पाँच दिन भइसकेको बताएका छन् । यी पाँच दिनमा रुसले युक्रेनमा ५६ रकेट र ११३ क्रुज मिसाइल प्रहार गरेको छ । आफ्नो सम्बोधनमा जेलेन्स्कीले रुस विरुद्ध युक्रेनको युद्धमा सामेल हुन चाहने विदेशीहरूलाई मार्च १ देखि भिसामुक्त यात्राको अनुमति दिइने बताए। उनले सोमबार रुसलाई खार्किभमा युद्ध अपराधमा संलग्न भएको आरोप पनि लगाए। सोमबार दिउँसो लिइएको स्याटेलाइट तस्बिरहरूले राजधानी कीभतर्फ ठूलो रुसी काफिले अघि बढेको देखाएको छ




















