X Sharama Funecure

All Posts By अनुभक्त चौधरी

    Showing ५५१-५६० of ८९२ items.
  • धनुषामा श्रीमानले गरे श्रीमतीको हत्या

    धनुषा,मंसिर २६ गते ।  धनुषामा धारिलो हतियार प्रहार गरी एक महिलाको बीभत्स हत्या भएको छ । धनुषाको बटेश्वर गाउँपालिका वडा नंं.५ शान्तिपुरका विरेन्द्र यादवकी श्रीमती २७ वर्षीया रितादेवी यादवको गएराति हत्या भएको हो । उनकै श्रीमानले  हत्या गरेको प्रहरीको अनुसन्धान बाट खुलेको छ ।गम्भीर घाइते अवस्थामा रितालाई श्रीमान् विरेन्द्रले जनकपुरको काव्या अस्पताल पुर्याएका थिए । रिताको उपचारको क्रममा मृत्यु भएको छ ।घटना पश्चात प्रहरीले थालेको अनुसन्धानमा श्रीमान विरेन्द्रले नै बञ्चरो प्रहार गरी हत्या गरेको र बन्चरो आफ्नै बारीमा रहेको पोखरीमा फालेको खुलेको छ । त्यसपछि उनी आफैंले श्रीमतीलाई उपचार गर्न भ

    • प्रकाशित मितिः मंसिर २६, २०७९
    • १२१ पटक पढिएको
  • रेशम चौधरी रिहा हुने, स्वागत गर्न भन्दै फूलमालासहित डिल्लीबजार कारागार पुगे कार्यकर्ता

    काठमाण्डौ,मंसिर २६ गते ।  नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरी रिहा हुने हल्लाले उनका कार्यकर्ताहरु डिल्लीबजार कारागार पुगेका छन् । चौधरीलाई स्वागत गर्न भन्दै केही कार्यकर्ताहरु झण्डा र फूलमालासहित कारागार अगाडि गएर बसेका छन् ।२०७२ सालमा कैलालीको टीकापुरमा थरुहटले गरेको आन्दोलनमा झडप हुँदा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित नेपाल प्रहरीका पाँच जना, सशस्त्र प्रहरीका दुई जना र एक बालक गरी आठ जनाको मृत्यु भएको थियो । सोही घटनामा दोषी ठहर भई चौधरीले जन्मकैदको सजायँ भोगिरहेका छन् ।आइतबार बसेको मन्त्रिपरिषद बैठकले मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ११६ संशोधन गर्ने निर्णय गर

    • प्रकाशित मितिः मंसिर २६, २०७९
    • १४२ पटक पढिएको
  • लागुपदार्थ सहित चारजना पक्राउ

    सिरहा,मंसिर २५ गते । सिरहा प्रहरीले अवैध लागु पदार्थ सहित चारजनालाई पक्राउ गरेका छन्। जिल्लाको धनगढीमाई नगरपालिका १२ कुस्माहा खुट्टी खोलाबाट करिब ९२ केजी अवैध लागूऔषध गाँजा सहित भगवानपुर गाउँपालिका ४ का ४४ वर्षीय शिवनाथ मण्डल, बेचु मण्डल र सप्तरी बेदेवर्साईन नगपालिका ९ का रामकुमार साहलाई शुक्रवार राति पक्राउ गरेको हो। ईलाका प्रहरी कार्यालय विष्णुपुरकट्टी र ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले ४ वटा बोरामा बोकी ल्याउँदै गरेको गाँजा सहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीले जानकारी दिए।त्यसैगरी, नवराजपुर गाउँपालिका ५ कुसण्डीबाट नियन्त

    • प्रकाशित मितिः मंसिर २५, २०७९
    • १३१ पटक पढिएको
  • ज्येष्ठ सदस्य रुपमा राप्रपाका पशुपति शमशेरले खुवाउने छन् नयाँ सांसदलाई शपथ

    काठमाडौं,मंसिर २५ गते । ४ मंसिरमा सम्पन्न चुनावबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता पशुपतिशम्शेर जबराले शपथ खुवाउने भएका छन् ।प्रत्यक्ष निर्वाचित १६५ र दलहरुले समानुपातिक पद्धतिबाट निर्वाचित गर्न निर्वाचन आयोगका नाम बुझाएका ११० जनामध्ये ज्येष्ठ सदस्य उनै जबरा हुन् ।यद्यपि, निर्वाचन आयोगले निर्वाचित सदस्यहरुको उमेर हेरेर ज्येष्ठ सदस्य तय गर्न बाँकी छ । सार्वजनिक विवरण अनुसार २७५ सदस्यमध्ये ज्येष्ठ सदस्यका रुपमा जबरा देखिएका हुन् । उनी ८१ वर्षका भए । जबराको जन्म १९९८ वैशाख २५ गते (सन ७ मे १९४१) काठमाडौंको महाराजगंजमा जन्मिएका थिए ।प्रत्यक्षका १६५

    • प्रकाशित मितिः मंसिर २५, २०७९
    • १५३ पटक पढिएको
  • भाडा वृद्धि खारेजीको माग गर्दै औद्योगिक क्षेत्रमा उद्योगीले लगाए ताला

    बुटवल,मंसिर २५ गते । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकैपटक भारी मात्रामा भाडा वृद्धि गरेको भन्दै उद्योगीहरुले बुटवल औद्योगिक क्षेत्रमा तालाबन्दी गरेका छन् ।नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले घोषणा गरेको चरणबद्ध आन्दोलनको कार्यक्रम अन्तरगत बुटवल औद्योगिक क्षेत्र उद्योग संघ, रूपन्देही उद्योग संघ र नेपाल उद्योग परिसंघको नेतृत्वमा गएका उद्योगीहरूले व्यवस्थापन कार्यालयका प्रमुख तथा प्रशासन प्रमुखको कार्यकक्षमा तालबन्दी गरेका हुन् ।कोभिड(१९ महामारीका कारण थला परेका उद्योगहरूको प्रवद्र्धनका लागि योजना ल्याउनुको सट्टा सरकारले अव्यवहारिक रूपमा सय प्रतिशत भन्दा बढीले भाडा वृद्धि गर्नु स्वदेशी

    • प्रकाशित मितिः मंसिर २५, २०७९
    • ११६ पटक पढिएको
  • बर्दिवासमा गाडीको ठक्करबाट मगरको मृत्यु

    महोत्तरी,मंसिर २५ गते । महोत्तरीको बर्दिवासमा गाडीको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिवास नगरपालिका(३ कालापानीका ६६ वर्षीय वीरबहादुर आले मगर रहेका छन् ।सिन्धुलीबाट बर्दिवासतर्फ आउँदै गरेको स१च १५४५ नम्बरको गाडीले बाटो काट्ने क्रममा मगरलाई ठक्कर दिएको थियो ।गाडीको ठक्करबाट गम्भीर घाइते मगरको उपचारको क्रममा बर्दिवासस्थित जनसेवा अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ।

    • प्रकाशित मितिः मंसिर २५, २०७९
    • ११३ पटक पढिएको
  • गठबन्धनकै सरकार बन्छ: कांग्रेसका नेता डा. कोइराला

    विराटनगर,मंसिर २० गते ।।नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गठबन्धनकै सरकार बन्ने बताएका छन् ।कांग्रेस नेता गुरुराज घिमिरेको पुस्तक ‘बाटो विराएको राजनीति’ सार्वजनिक कार्यक्रममा कोइरालाले भने, ‘गठबन्धनकै सरकार बन्छ, यसमा कुनै चिन्ता गर्न आश्यक देख्दिनँ । त्यो सरकारले तपाई हामीले खोजेको जस्तो काम गर्न सक्छ कि सक्दैन ? यसमा चुनौती छ ।’कांग्रेसको शाख गिर्न नदिने भन्दै उनले सुशासनको सवालमा कुनै सम्झौता नगर्ने बताएका छन् ।अनलाईन खवर बाट

    • प्रकाशित मितिः मंसिर २०, २०७९
    • १४५ पटक पढिएको
  • मलको विषयमा दुई पक्षबीच झडप

    वीरगञ्ज,मंसिर २० गते । बाराको सिम्रौनगढ नगरपालिका वडा नं ४ मा रासायनिक मलको विषयमा विवाद हुँदा दुई पक्षबीच झडप भएको छ । वडा कार्यालयमा लगाइएको तालाबन्दी खोल्ने विषयमा भएको विवादले उग्र रुप लिँदा झडप भएको हो ।वडा कार्यालयले पाएको रासायनिक मल वितरण गर्न मंसिर १५ गतेदेखि १८ गते आइतबारसम्म किसानलाई नागरिकतासहित आवेदन दिन माग गरेको थियो । केही किसान १८ गते अपरान्ह मलका लागि आवेदन दिन पुगेका थिए । तर उनीहरु पुग्दा वडा कार्यालय बन्द भइसकेको थियो ।अपरान्ह ४ बजेसम्म खोल्नुपर्नेमा अगाडि नै बन्द गरेका कारण मलका लागि आवेदन दिन आफूहरु वञ्चित भएको भन्दै उनीहरुले वडा कार्यालयमा तालाबन्दी गरेका थिए । मंगलबार

    • प्रकाशित मितिः मंसिर २०, २०७९
    • १४६ पटक पढिएको
  • न्यायाधीश गिरीमाथि बलात्कारको आरोप

    काठमाण्डौ,मंसिर २० गते । कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरीमाथि एक महिलालाई बन्धक बनाएर यौन शोषण गरेको आरोपमा अनुसन्धान सुरु भएको छ ।पीडितले आफूलाई बन्धक बनाएर यौन शोषण गरेको आरोपमा उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अनुसन्धान थालेको हो ।पीडित महिलाले न्यायाधीश गिरीविरुद्ध सुरुमा कपिलवस्तु प्रहरीमा उजुरी गरेकी थिइन् । तर, कपिलवस्तु प्रहरीले उजुरी लिन नमानेपछि पीडित महिला एक साताअघि राष्ट्रिय मानव अधिकार अयोग र महिला आयोगमा पुगेर उजुरी दिइन् ।दुवै आयोगले कपिलवस्तु प्रहरीलाई उजुरी लिएर छानबिन गर्न निर्देशन दिँदै पत्र पठाएका थिए । मानव अधिकार आयोगले त न्यायपरिषदलाई समेत उजुरी र प

    • प्रकाशित मितिः मंसिर २०, २०७९
    • १०६ पटक पढिएको
  • जिल्लाको ७ ठाँउमा सन्चालन हुने स्थायी बन्ध्याकरन शिविर भगवानपुरमा चल्दै

    सिरहा,मंसिर १९ गते । सिरहाको भगवानपुर प्राथमिक उपचार केन्द्रमा ३ दिने स्थायी बन्ध्याकरन शिविर सांलन गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यलयको आयोजनामा सन्तानको रहर पुगेका दम्पतिहरुको लागि निशुल्क शिविर सन्चालनमा गरेको हो । सन्तानको रहर पुगेका महिला वा पुरुषहरुले  स्थायी बन्ध्याकरन गर्न मिल्ने  जिल्ला जनस्वास्थ्य कार्यालयले सिरहाले  जनाउनु भयो।जिल्लाका विभिन्न स्थान र मितिमा घुम्ती शिविर सन्चालनमा रहने तालिका अनुसार भगवानपुर र सखुवानन्कारकट्टी गाउँपालिका का सेवाग्राहीहरु लाई सहजता  भगवानपुरमा शिविर सन्चालनमा गरिएको स्थानियले बताउनु भयो ।शिविर मंसिर १५ देखि शुरु भएको छ भने

    • प्रकाशित मितिः मंसिर २०, २०७९
    • १४३ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२