महोत्तरी,पुस ३ गते । महोत्तरीको मटिहानीमा मटिहानी मन्दिरका मानमहन्त जगरनाथ दास पक्राउ परेका छ। रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरेको आरोपमा मानमहन्त दास आज बिहान पक्राउ गरेको हो । 

महन्त दासमाथि रोक्का रहेको बैंक खाताबाट सहायक सीडीओको हस्ताक्षर किर्ते गरेर ७० लाख रुपैयाँ झिकेकोले दासलाई गरेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तोष पोखरेलले जनाउनु भयो ।

 मानमहन्त दासलाई आवश्यक अनुसन्धान र कारबाहीको लागि रुपन्देही पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।