पर्सा, पुस ७ गते । पर्साको विरगञ्ज महानगरपालीकाबाट आफ्नै श्रीमतीको मरेको अभियोगमा २ जनालाई प्रहरीले पक्रउ गरेको छ । आफ्नै श्रीमती ३० वर्षीया रिंकु कुमारी दासको हत्या गरेको अभियोगमा वीरगंज महानगरपालिका २७ जसौलीका ३४ वर्षीय कुशल दास र दासका भरत लाई प्रहरीले पक्रउ गरेको छ । कुशल दासको श्रीमती आफ्नै घर अगाडीको सडकमा टाउको किचिएर रगताम्मे अवस्थामा शव फेला परेको थियो । घटनाबारे थप अनुसन्धान गर्न खटिएको जिल्ला प्रहरी कार्यालय पर्सा, अस्थाई प्रहरी पोष्ट उदयपुर घुर्मी र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले मृतक दासकी हत्केलामा करेन्ट लागेजस्तो पोलेको दाग देख्दा कुशललाई नियन्त्रणमा
काठमाण्डौ,पुस ७ गते । आगामी शैक्षिक सत्र २०८० देखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम अनुसार पठनपाठन हुने भएको छ । पाठ्यक्रम परिवर्तनका लागि काम भइरहेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । जसअन्तर्गत कक्षा ५ र १० को पाठ्यक्रमको खाका निर्माण सकिएको र कक्षा ८ को खाका निर्माणकै क्रममा रहेको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आगामी शैक्षिक सत्रबाट कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रमअनुसार पढाइ हुनेछ । यसका लागि पाठ्यक्रम विकास केन्द्रले काम गरिरहेको छ । कक्षा ५ र १० को पाठ्यक्रमको खाका तयार भएको छ । अब कक्षा ८ को खाका तयार
विरगञ्ज,पुस ७ गष्ते । सवारी साधन आयातकर्ताले आयात गरेका झण्डै दुई हजार साना–ठुला सवारी साधन वीरगन्ज भन्सार कार्यालयमा थन्किएका छन् । नेपालकै प्रमुख भन्सार नाकाको रूपमा रहेको वीरगन्जस्थित एकीकृत सुरक्षा जाँच चौकी आईसीपीमा ती सवारी साधन थन्किएका हुन् ।व्यवसायीको शोरुम र गोदाममा हुनुपर्ने ती सवारी साधन बजारमा देखिएको आर्थिक अभाव र सवारी साधन बिक्रीमा आएको गिरावटका कारण भन्सार परिसरमा थन्किएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । बिलासिताका बस्तुमा पर्ने सवारी साधनको आयातमा सरकारले लगाएको रोकसँगै सवारी साधनको खरिदमा बैंकले ऋण लगानी समेत रोक्का गरेको छ । जसले गर्दा सवारी साधनहरू आयातकर्ताले भन्सारब
धनुषा,पुस ७ गते । धनुषासबैला नगरपालीकामा विङ्गर गाडी र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।दुर्घटनामा परि धनुषाको शहीदनगर नगरपालिका–५ धवौलीका २० वर्षीय अरुण मण्डल र २५ वर्षीय ज्ञानी मण्डलको मृत्यु भएको छ । बुधबार साँझ ७ बजेको समयमा धनुषाको सबैला नगरपालिका १० सिमरारी र शहीदनगर नगरपालिकाको हौवाहीको बीच खण्डमा ना.५ ज.८४४० नम्बरको विङ्गर गाडी र ज. ११ प ५४७३ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको थियो । एक युवकको घटनास्थलमै र अर्काको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले जनाउनु भयो। दुवैजना मोटरसाइकलमा सवार थिए ।
काठमाडौं, मङ्सिर ६ गते । गैर आवासीय नेपाली सङ्घका अध्यक्ष रबिना थापाले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने प्रयास सफल भएको बताउनु भएको छ । अध्यक्ष थापाले सङ्घले लगातार नेपाल सरकार र सम्बन्धित निकायसँग गरेको पहलले मूर्तरूप लिएको बताउनु भएको हो । सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने क्रममा अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूको सामाजिक सुरक्षा योजना कार्यविधि सार्वजनिक पनि गरेको छ । आप्रवासनलाई सुरक्षित र मर्यादित बनाउने पछिल्लो यो कदम प्रभावकारी हुने उहाँको भनाइ छ । सङ्घले सरकारसँग&nb
काठमाडौं, पुस ६ गते। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सङ्घीय संसद् प्रतिनिधि सभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। राष्ट्रपति भवनमा बुधबार दिउँसो ज्येष्ठ सदस्य राणाले शपथ लिनुभएको हो। नागरिकताको प्रमाणपत्र अनुसार, ज्येष्ठ सदस्य राणाको जन्म वि।सं। १९९८ मङ्सिर २४ गते भएको हो। प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधि सभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्था छ। सभामुखको चयन नहुँदाका बखत प्रतिनिधि सभाको अध्यक्षता गर
पर्सा पुस ६ गते । पर्सामा एक विवाह समारोहमा झगडा हुँदा एक युवकको मृत्यु भएको छ । जगरनाथपुर गाउँपालिका(३ ठेकरिया बड्गु टोल बस्ने ३६ वर्षीय सैमुल्लाह राउत गद्दीको मृत्यु भएको हो ।बुधबार बिहान ४ बजे बिहान सैमुल्लाह घरमा गम्भीर घाइते अवस्थामा रहेको जानकारी प्रहरीकोमा आएको थियो ।प्रहरी चौकी पाण्डेपुर र इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी निरीक्षक किशोर आचार्य नेतृत्वको टोली पुगेर उनलाई अस्पताल लगेको थियो । उपचारका लागि वीरगञ्ज स्थित नारायणी अस्पतालमा ल्याउँदा चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका थिए ।घटनाबारे बुझ्दा सहरूम राउत गद्दीको छोरा २२ वर्षीय साबिर राउत गद्दीको विवाहमा झड
सिरहा,पुस ६ गते । सखुवानन्कारकटि गाउँपालिका –३ पोर्ताहा गाउँमा श्री जनता माध्यमिक विद्यालय भए पनि त्यस गाउँका दलित (मुसहर) समुदायका शिक्षाबाट बञ्चित रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीहरु अहिले पढ्ने वातावरण मखमली उडान सिकाइ केन्द्रले जुराइदिएपछि खुशी भएर पढ्न थालेका छन् । १४ वर्ष उमेर भएकी लक्ष्मीनियाँ सदाय त्यस माध्यमिक विद्यालयमा गाउँपालिकाको पहल र दतित जनकल्याण लहानको सहयोगमा सञ्चालित मखमली उडान सिकाइ केन्द्रमा भर्ना भएर अक्षर चिन्दै किताब पढ्न थालेकी भन्दै ६ महिना अझै पढेर त्यही विद्यालयको कक्षा ५ वा ६ मा पढ्न सकिने हिम्मतका साथ पढ्न लागेको बताउनुभयो । अक्षर चिनौला र क
काठमाण्डौ,पुस, ६ गते । नेकपा माओवादी केन्द्रले बिहीबार संसदीय दलको नेता चयन गर्ने भएको छ । त्यसका लागि पार्टीले अपरान्ह संसदीय दलको बैठक राखेर नेता चयन गर्ने तयारी गरेको सांसद रेखा शर्माले बताइन् । प्रतिनिधिसभाका सांसदहरुको दिउँसो १ बजे शपथ सकिएपछि दलको नेताा चयन गर्न अपरान्ह ४ बजे बैठक बोलाइएको उनको भनाइ छ । माओवादीमा दलको नेता प्रचण्ड हुने निश्चित जस्तै छ । पार्टीमा दलको नेता दाबी गर्ने अर्को नेता नभएकाले उनी नै चयन सम्भावना रहेको हो । माओवादीका प्रत्यक्षमा १८ जना र समानुपातिकमा १४ जना गरेर कुल ३२ जना सांसद छन् ।रातो पाटी बाट
सिरहा,पुस ६ गते । सिरहाको गोलबजार नगरपालिकाबाट लागु औषध गाँजा सहित २ जना पक्रउ परेको छ । पक्राउ पर्नेहरूमा सिरहा गोलबजार नगरपालिका(१ बस्ने ३९ वर्षीय सुदिप कुमार राई र धनुषा गणेशमान चारनाथ घर बताउने १८ वर्षीय किशोर रहेका छन् । गोलबजार नगरपालिका १ गोला मुक्सार चोकबाट अवैध लागूऔषध गाँजा ८ किलो ८ सय ग्राम सहित राई र किशोर लाई मंगलबार गरेको हो। स।१ ह २०२८ नम्बरको अटो रिक्सालाई प्रहरी चौकी मुक्सारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अटोको पछाडि भागमा लुकाई राखेको उक्त गाँजा सहित अटो चालक किशोर र अटोमा सवार सुदिपलाई प्रहरीले पक्राउ गरेको छ ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान ग
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.