सिरहा,मंसिर १६ गते । सिरहाको बरियारपट्टीमा मोटरसाईकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।सिरहाको बरियारपट्टी गाँउपालिका वडा नं.२ वस्ने कारी यादबले चलाएको स.३प ९२० नं. मोटरसाईकलले बरियापट्टी चौकमा पैदलयात्री सिरहा धनगढीमाई न.पा. वडा नं. १३ वस्ने वर्ष ६५को राम विलास यादबलाई ठक्कर दिएको ईलाका प्रहरी कार्यालय बरियापट्टीले जनाएको छ ।ठक्करबाट घाईते भएका यादबलाई उपचारको लागी धनगढीमाई नगरपालिका मुसहर्निया स्थित रहेको आरके मेडिसिटी अस्पतालमा ल्याएको र यता उपचार सम्भब नभएपछि थप उपचारको लागी विराटनगर लैजादै गर्दा बाटोमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय धनगढीले जनाएको छ ।मोटरसाईकल चालकको उपचार आ
सप्तरी मंसिर १६ गते । बाउन्न वर्षअघि कोसी नदीले नेपालको सप्तरी, सुनसरी र उदयपुरका २५ हजार बढी किसानको ७० हजार बिघा जग्गा कटान गरेको थियो । नेपाल र भारतको अध्ययन तथ्याङ्कले समेत यही प्रतिवेदन दिएको छ ।गत कात्तिकको बाढीले सप्तरीको मात्रै आठ हजार २६८ हेक्टरमा लगाइएको आठ करोड २६ लाख ८५ हजार मूल्य बराबरको धानबाली नष्ट गरेको तथ्याङ्क सप्तरी जिल्ला प्रशासन दैवी प्रकोप समितिको छ ।कोसी बाँध निर्माणपछि हजारौँ नेपाली किसानका खेत बगरमा परिणत भएका छन् । कोसी बाँध सम्झौतामा उल्लेख भएअनुसार नेपाली किसानले अझैसम्म पनि क्षतिपूर्ति पाउन सकेका छैनन् । २०११ सालमा नेपाल–भारतबीच कोसी बाँध निर्माणसम्बन्धी सम्झौता भए
सिरहा, मंसिर १५ गते । सिरहा लगायत मुलुकको सबै ठाउँमा एकीकृत नेकपा माओवादी केन्द्रको वडा तथा नगर कमिटी गठन भइरहेको बेला सिरहाको धनगढीमाई नगरपालिकाले सम्पूर्ण वडासँगै धनगढीमाई नगरपालिकाको नगर कमिटी सर्वसम्मती रुपमा चयन गर्न सफल भएको छ । आज बुधबार धनगढीमाई नगरपालिकाको प्राकृतिक अस्पतालको सभा हलमा सभ्य र भव्य रुपले सम्पन्न प्रथम नगर सम्मेलनले प्रकाश योन्जनको अध्यक्षतामा ६५ सदस्य कमिटी सर्वसम्मती रुपले चयन भएका हुन् । १४ वटा वडा रहेको धनगढीमाई नगरपालिकामा सबै वडालाई प्रतिनिधित्व हुने गरी गठन भएको कमिटीको उपाध्यक्षमा बुद्धिलाल चौधरी, फुलकुमारी श्रेष्ठ, सूर्य प्रकाश महतो, सचिवमा विरेन्द्र
राजविराज, १५ मंसीर । खाद्य उद्योगी व्यसायीहरुसँग खाद्य स्वच्छता तथा गुणस्तर अभिबृद्धि सम्बन्धि एक दिने गोष्ठी राजविराजमा सम्पन्न भएको छ । खाद्य पदार्थमा बढ्दो मिसावट र गुणस्तरहीनतालाई नियन्त्रण गरी खाद्य स्वच्छता तथा गुणस्तर अभिबृद्धि गर्ने उद्देश्यले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजद्वारा आयोजित कार्यक्रममा सप्तरीका २५ जना उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।सो गोष्ठीमा खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय राजविराजका प्रमुख सुरेश कुमार सिंहले उद्योग पूर्वाधारका आधारहरु, असल उत्पादनको अभ्यास, लेबलिङ्ग एण्ड प्याकेजिङ्ग तथा खाद्य ऐन २०२३ तथा खाद्य नियमावली २०२७ का मुख
राजविराज, १५ मंसीर । सप्तरीका डाक्नेश्वरी नगरपालिकामा बुधवार न्युनतम ज्याला बिषयक सम्वाद कार्यक्रम सम्पन्न भएको छ । द फ्रिडम फन्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीद्वारा डाक्नेश्वरी नगरपालिकाको नगरसभा हलमा आयोजित कार्यक्रममा डाक्नेश्वरी नगरपालिकाका जनप्रतिनिधि, रोजगारदाता तथा हरवा चरवा मजदुरहरुको सहभागिता रहेको थियो । कार्यक्रममा हरवा चरवाका प्रतिनिधिहरुले अझै आफुहरुले उचित ज्याला पाउन नसकेको गुनासो गरेका छन् भने रोजगारदाताहरुले कृषिमा लगानी अनुरुपको प्रतिफल आउन नसकिरहेकाले मजदुरहरुलाई उचित ज्याला दिन नसकेको स्वीकारेका छन् । श्रीपुर्राज सामुदायिक विकास केन्द्रका सदस्य चतुरना
सिरहा, मंसिर १५ गते । एकीकृत नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवम् पूर्व शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेले यथास्थितिमा जस्ताको तस्तै एम.सी.सी. पास गर्न खोजे नेपाली कांग्रेससँगको सहकार्य टुट्ने वताउनुभएको छ । आज सिरहाको धनगढीमाई नगरपालिकाले आयोजना गरेको नेकपा माओवादी केन्द्रको प्रथम नगरसम्मेलनको उद्घाटन सत्रमा बोल्नुहुँदै नेता पोखरेलले नेपाली कांग्रेसले एम.सी.सी. जस्ताको तस्तै पास गराउन खोजेकोले देश चुन्ने कि गठबन्धन चुन्ने स्थिति आए खण्डमा हामीले गठबन्धनलाई छोड्न सक्ने वताउनुभयो । नेता पोखरेलले लामो समयको प्रयासपछि गठबन्धन बनेकोले यो गठबन्धनलाई चुनावसम्म लान
सिरहा, मंसिर १३ गते । सिरहाको धनगढीमाई नगरपालिका वडा नं.२ स्थित भवानीपुरमा नेपाली कांग्रेसबाट तीन पल्ट गा.वि.स. अध्यक्ष हुनुभएका गहुमलाल चौधरीको सम्पूर्ण टिम सहित सयौं नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको छ । आज नेकपा माओवादी केन्द्रले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस परित्याग गरी उहाँहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । माओवादीको वैचारिक सैद्धान्तिक र काम गर्ने शैलीप्रति आकर्षित भई माओवादीमा प्रवेश गरेको पूर्व अध्यक्ष गहुमलाल चौधरीले जनाउनुभयो । आयोजित पार्टी प्रवेश कार्यक्रममा नव प्रवेशीहरुलाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्रलाई कमजोर हुने छुट नभएको बताएका छन् । देशव्यापी एकैसाथ भइरहेको माओवादी केन्द्रको नगरस्तरीय अधिवेशनलाई शनिबार भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्र कमजोर भए देश दुर्घटनामा पर्ने बताएका हुन् । कार्यकर्ताहरूलाई सम्बोधन गर्दै उनले भने– ‘हामी कस्तो अवस्थामा आइपुगेका छौँ भने हाम्रो पार्टी कमजोर भयो भने हामी मात्र कमजोर हुने अवस्थामा छैनौँ । विगतमा एउटा पार्टी कमजोर हुँदा अर्को पार्टी बलियो हुने अवस्था थियो । तर आज यस्तो अवस्था छ कि माओवादी केन्द्र कमजोर भयो भने देशको परिवर्तनका एजेण्डा कमजोर हुन्छन्
सप्तरी,मंसिर ११ गते । सप्तरीका धेरै परिवार जनगणनाबाट वञ्चित भएको स्थानीयको भनाइ छ। राष्ट्रिय जनगणना ९ मंसिरबाट सम्पन्न भएको छ । तर धेरै परिवार जनगणनाबाट वञ्चित रहेको राजविराज(४ का सुरेश मुखियाले बताए। उनले भने, गणक नआइदिनाले अहिले पनि हाम्रो छिमेकीहरू जनगणनामा सहभागी हुन पाएका छैनन्।जनगणना कार्यालय सप्तरीका प्रमुख सञ्जय चौधरीले गणकहरू पटकपटक स्थानीयको घरमा जाँदा पनि कोही नभेटिएकाले त्यस्तो भएको बताए।उनले भने, छुटेको छ भन्दै सम्पर्कमा आएकाहरूको अहिले पनि गणकलाई पठाएर जनगणना गर्दै आएका छौं।
सिरहा,मंसिर ११ गते । नेकपा (माओवादी केन्द्र)ले आज शनिबार ७५३ वटा स्थानीय तहको अधिवेशन गर्ने भएको छ । माओवादीले सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी कुल ७७६ वटा पालिका स्तरीय सम्मेलन आयोजना गरेको हो ।पालिकासम्मेलनलाई शनिबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल’ सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको छ । शनिबार दिउँसो १ बजे अध्यक्ष दाहालले सबै पालिका सम्मेलनलाई एकैपटक सम्बोधन गर्न लागेका हुन् ।माओवादीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार शनिबारको सम्मेलनले प्रदेश सम्मेलनका लागि प्रतिनिधिसमेत चयन गर्नेछ । यी मङ्सिर २५ गतेका लागि प्रदेश सम्मेलनको आयोजना गरिएको छ
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.