सिरहा,पुस १ गते । पशुहरुमा आइपर्ने रोगलाई नियन्त्रण गर्ने उद्देश्यले सिरहाको धनगढीमाई नगरपालिकाले चुरे क्षेत्र गडमेमा निःशुल्क पशु स्वास्थ्य शिविरको आयोजना गरेको छ । 

चुरे क्षेत्रका स्थानीयको मुख्य आयश्रोत नै पशुपालन रहेकोले पशुहरुमा लाग्ने रोग प्रतिरोधात्मक औषधि लगायत पशुहरुको बारेमा परामर्श दिने उद्देश्यले नगरपालिकाले आयोजना गरेको नगरप्रमुख हरिनारायण चौधरीले वताउनुभयो । 

pashu 1

स्वास्थ्य शिविरमा त्यस भेगका पशुपालक किसानहरुको उल्लेख्य सहभागिता रहेको थियो । झण्डै तीन हजार पशुहरुलाई विभिन्न रोगनिरोधक सुईहरु लगाइएको थियो भने पशुहरुमा लागेका अन्य रोगहरुको बारेमा परामर्श समेत गरेका थिए । 

नगरपालिकाले बेला बेलामा पशु चिकित्सक टोली सहित पशु शिविरको आयोजना गरिंदै आएको छ । 

बेला बेलामा यसरी पशुहरुमा आइपर्ने समस्यालाई निराकरण गर्न नगरपालिकाले आयोजना गरेको निःशुल्क पशु स्वास्थ्य शिविरले आफूहरु निकै खुशी भएको स्थानीयले बताएको छ ।

vlcsnap-2021-12-15-11h50m44s515