जनकपुर, माघ १६ गते । मधेस स्वास्थ्य बिज्ञान प्रतिष्ठानले डेढ वर्षको अवधीमा स्वास्थ्यसम्बन्धी चार वटा विषयमा शिक्षण प्रशिक्षणका कोर्ष सञ्चालन गर्न सफल भएको छ । प्रतिष्ठानले बिएसी नरसिंङ्ग, बीपीएच, बीएमएलटी र बीएनएस कक्षा सञ्चालन गर्न सफल भएको हो ।गत २०७७ कात्तिक २५ गते गठन भएको प्रतिष्ठानले चिकित्सा शिक्षा आयोगबाट मान्यता प्राप्त गरी एक महिनाअघि २०७८ पुस १९ गतेदेखि शिक्षण प्रशिक्षणको चारवटा कोर्षमा कक्षा सञ्चालन गरेको छ । शिक्षण प्रशिक्षण कोर्ष अन्तर्गत बिएनएस संकायमा १६ जना, बिएसी नरसिंङ्ग, बिपिएच र बिएमएलटीमा एक एक जना विद्यार्थी अध्ययनरत रहेको प्रतिष्ठानले जनाएको छ ।शैक्षिक कार्यक्रममा २० –
काठमाडौं, माघ १६ गते। २८ करोड राजश्व छली गरेको आरोपमा पक्राउ परेका उमाशंकर रायभर २५ हजार धरौटी बुझाएर आइतबार रिहा हुनुभएको छ। यसअघि उच्च अदालत पाटनले ७५ लाख धरौटी मागेपछि बुझाउन नसकेर थुनामा रहनुभएका रायभर आइतबार रिहा हुनुभएको हो। सर्वोच्च अदालतले शुक्रबार उहाँको धरौटी रकम घटाएर २५ हजार बनाइदिएको थियो।सर्वोच्चका न्यायाधीश विश्वम्भर श्रेष्ठ र सपना प्रधान मल्लको इजलासले रायभरलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएपछि आइतबार प्रक्रिया पूरा गरेर उहाँ रिहा हुनुभएको हो।रायभर २५ हजार धरौटी बुझाएपछि तारेखमा छुट्नु भएको हो। सर्लाहीका सरोजकुमार मिश्राले उहाँको नागरिकता दुरुपयोग गरेर कम्पनी खोलेर राजश्व छ
अनुभक्त चौधरीसिरहा,माघ १५ गते । गोलबजारमा सरकार विरोधी विभिन्न नारा सहित नेकपा एमाले निकट युवा संगठनले सिरहाले विरोध प्रदर्शन गरेका छन् । राष्ट्रिय युवा संघ सिरहाको आयोजनामा स्थानीय भएको प्रदर्शनमा स्थानियतह निर्वाचनको मिति घोषणा, मन्त्री रेणु यादवको राजीनामा, पेट्रोलियम पदार्थको मूल्य वृद्धि नियन्त्रण लगायतको माँग गर्दै विरोध प्रर्दशन गरेका थिए ।प्रर्दनको क्रममा संघले लिपुलेक लिम्पिया धुरा हाम्रै हो, किसानलाई समयमै मलखाद उपलब्ध गराउन माँगगरेको छ ।प्रदर्शन पछिको कोणसभामा संघका प्रदेश सचिव बैजनाथ साहले एक हप्ताभित्र मन्त्री रेणु यादवलाई वरखास्त गर्न माग गरेको छ । उनले तत्काल मन्त्री यादवल
अनुभक्त चौधरी,सिरहा,माघ १५ गते । सिरहको गोलबजारमा आज एक दिने रक्तदान कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय यूवा संघ नेपाल जिल्लाकार्य समिती सिरहाको यायोजनामा संचालन भएको उक्त कार्यक्रममा १६ जना महिला र ६४ जना पुरुष गरि ८० जनाले रक्तदान गरेका थिए ।कोभिड–१९ का बेला उत्पन्न रगत अभाव पूर्तिका लागि आज देखि गोलबजारबाट सप्तहव्यापी रक्तदान कार्यक्रम सुरु गरेको छ ।मधेश प्रदेशको आठ वटै जिल्लामा कार्यक्रम संचालन हुने राष्ट्रिय यूवा संघ नेपालका प्रदेश सह–संयोजक बैजनाथ साहले जनाउनु भयो ।नेपाल रेडक्रस सोसाईटी धनुषाको टोलिले रक्तदान कार्यक्रममा सहयोग गरेका थिए ।
आशिष विश्वकर्मा सिरहा,माघ १५ गते ।सिरहाको गोलबजार नपा १० को घुर्मिघाट र धर्मपुरमा खानेपानीको आयोजना बन्ने भएपछि स्थानियहरुखुशीले गदगद भएका छन् । खाने पानीको अभाव झेलिरहेका यहाँका जनता गोरखा बेलफेयर ट्रष्ट र स्थानीय जनश्रमदानमा एक करोड ६० लखभन्दा बढीको लागतमा खाने पानीको आयोजना बन्न थालेपछि स्थानीय खुसि भएका हुन् ।घुर्मीघाट देउराली खानेपानी उपभोक्ता समितिमार्फत ९७ घरधुरीकालागि ७५ लाख ७२ हजार एक सय ३५ रुपैयाँ र धर्मपुर खानेपानी उपभोक्ता समितिमार्फत १ सय पाचँ घरधु्ीकालागी ८४ लाख ६७ हजार ८ सय ४९ रुपैयाँको लागतमा खानेपानी आयोजना निर्माण गरिएकोे गोलबजार नगरपालिकाका मेयर देवनाथ साहले जानकारी दिए
सिरहा,माघ १५ गते । पाँच दलीय सत्ता गठबन्धनको बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । आजको बैठकमा राष्ट्रिय जनमोर्चाको प्रतिनिधित्व भने छैन ।बैठकले स्थानीय तहको निर्वाचन मितिबारे सरकारलाई सुझाव दिने अनुमान छ ।प्रधानमन्त्री देउवाको जोड निर्वाचन आयोगको सिफारिस अनुसार वैशाखमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने भएकाले गठबन्धनले सोही अनुसारको निर्णय गर्ने अनुमान छ । यसअघि निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ गते दुई चरणमा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो ।स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल सकिनुभन्दा दुई महिना अघि निर्वाचन गर्नुपर्ने स्थानीय तह निर्वाचन
राजविराज,माघ १५ गते । सप्तरीको कंकालिनी नगरपालिका–१४ रम्पुरा मल्हनियाँमा रहेको एउटा पसलमा ताल्चा फुटाएर लाखौंको धनमाल चोरी गर्ने दुई नाबालकलाई प्रहरीले चोरीको सामानसहित पक्राउ गरेको छ ।सोही ठाउँका १३ र १४ वर्षीय दुई जना नाबालकहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार छिमेकमै रहेको ज्ञानु साह सुडीको कृष्णा जेनरल स्टोर्समा बुधबार बिहान ३ बजेतिर पसलको ताल्चा फुटाइ उनीहरुले नगद, रिचार्ज कार्ड तथा सुनचाँदीका गरगहना लगायतका सरसमान चोरी भएको थियो । उनीहरुले चोरी गरेका सामान पनि प्रहरीले घरमै बाकस र खाटमुनि लुकाइ राखेको अवस्थामा बरामद गरेको छ ।अघिल्लो दिन घरबाटै पक्राउ परेकाहरुबार
रौतहट,माघ १५ गते । विगत ७ वर्षदेखि आर्थिक अभावका कारण उपचार गराउन नसकी अनेकौं समस्या भोग्दै आएका मधेश आन्दोलनका घाइते ३० वर्षीय रणवीर कुमार सिंहले आर्थिक सहयोग पाएका छन् ।सेवा केन्द्र विस्तारको विरुद्ध २०७० सालमा भएको आन्दोलनको क्रममा रौतहट जिल्लाको सदरमुकाम गौरमा प्रहरी र आन्दोलनकारी बीच भएको झडपको क्रममा प्रहरीको ३ वटा गोली लागेर गम्भीर अवस्थामा घाइते भएका राजदेवी नगरपालिका–५ पताहीका जिउँदो सहिद सिंहलाई मधेश सरकारले दोस्रो पटक एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । आर्थिक समस्याको कारण उपचारबाट समेत वञ्चित भएका सिंहले उपचार नभए प्रदेश सरकारको प्रदेश सभा अगाडि नै जीवन उत्सर्ग गर्ने दिएको चेता
खोटाङ / कर्मचारीलाई कोभिड-१९ को संक्रमण पुष्टि भएपछि हलेसी तुवाचुङ नगरपालिका र रावाबेँसी गाउँपालिकाको नियमित सेवा स्थगित गरिएको छ ।कर्मचारीलाई कोरोना संक्रमण भएपछि हलेसी तुवाचुङ नगरपालिकाको मंगलबारदेखि १५ माघसम्म र रावाबेँसी गाउँपालिकाको १७ माघसम्म अत्यावश्यकबाहेकका सेवा स्थगित गरेको हो । नगरपालिकामा कार्यरत तीन कर्मचारीलाई कोरोना संक्रमण भएपछि ६ दिनका लागि अत्यावश्यक बाहेकका सेवा स्थगित गरेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए ।स्थानीय एवं गाउँपालिकामा कार्यरत कर्मचारीमा संक्रमण देखिएपछि रावाबेँसी गाउँपालिकाको आन्तरिक प्रकृतिको सेवा र अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको निमित्
लाहान, माघ १० गते । माटोका विभिन्न मूर्तिजन्य सामग्री बनाएर गुजरा गर्ने लहानका कुम्हाल समुदाय अहिले सरस्वतीमाताको मूर्ति बनाउन व्यस्त छन् । परम्परागत पेशालाई अहिले पनि निरन्तरता दिइरहेका कुम्हाल समुदाय आफ्नो पुर्ख्याैली पेशाबाट मनग्य आम्दानी गर्न सफल भएका छन् ।लाहान ४, ६ र ८ नम्बर वडामा १५० घर रहेका कुम्हाल समुदायका महिला पुरुष आफ्नो पुख्र्यौली पेशा माटोको विभिन्न सामग्रीहरु बनाएर आफ्नै गाँउ ठाँउमा कमाई गरिरहेको स्थानीय रामबाबु पण्डितले बताउनुभयो । एसएलसी उत्तीर्ण गरेपछि पढाइ छाडेर मुर्ति बनाउन लागेको उहाँले बताउनुभयो । वर्षभरिमा माटोको मूर्ति बनाएर चार लाखसम्म कमाइ भइरहेको उहाँको भनाइ छ
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.