सिरहा,माघ २९ गते । भन्सार कार्यालयका कर्मचारी र प्रहरीहरुको मिलोमतोमा भन्सार नाकामा व्यापक तस्करी भइरहँदा समेत सम्बन्धित निकाय मौन बनेका छन् । 

भन्सार नै काटेर ल्याउनु पर्ने सामानहरु समेत प्रहरी र भन्सार कर्मचारीको मिलोमतोमा दैनिक रुपमा लाखौको सामानहरु ओसार पसार भइरहँदा समेत सम्बन्धित निकायको उदासिनताको कारण राज्यको दैनिक रुपमा संकलन हुने लाखौं रुपैयाँ मूल्य बराबरको राजश्व छलि भइरहेको छ । 

एक जना व्यापारी नाम नछाप्ने सर्तमा बरियारपट्टी देखि धनगढीसम्म सबै प्रहरी कार्यालयहरुमा मासिक रुपले तीन हजार देखी १० हजारसम्म बुझाएपछि मात्र सामान ओसार गर्न दिइरहेको वताए । रकम बुझाउन ढिलाई भए घरसम्मै पैसा असुली गर्न प्रहरीहरु आउने गरेको जनाइएको छ । 

इलाका प्रहरी कार्यालय धनगढीमा असई पदमा कार्यरत साफी थरका प्रहरीले जिरोमाईलको व्यापारीहरुसँग रकम संकलनमा संलग्न रहेको जनाउँदै सबै प्रहरी कार्यालयमा यस्तै रकम संकलन गर्ने प्रहरीहरु खडा गरी व्यापारी, तस्करहरुसँग रकम असुली गरिरहेको श्रोतले जनाएको छ । 

प्रहरीलाई समयमै रकम बुझाउने व्यापारीहरुले बरियापट्टीबाट सिंधै खाद्यान्न सामाग्री ल्याउँदा समेत कहिं कतै रोक टोक नहुने वताइएको छ । व्यापारीहरुले जिरोमाईलमा ल्याएर स्टोर गरी बजारहरुमा सप्लाई गरिरहेको जनाइएको छ ।Taskati2 1

यस विषयमा हामी जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा सूचाना अधिकारी सुवास बुढाथोकी संग बुझदा यस्तो कार्यमा संलग्न प्रहरीलाई छानविन गरी यस्तो कार्य गरेको भए बिभागीय कारवाही हुने बताए ।