X Sharama Funecure

All Posts By पूर्वान्चल एक्सप्रेस

    Showing ४३१-४४० of ९०६ items.
  • हात्ती पाइले रोगले शिवकुमार मण्डलको परिवार बिच्चलीमा

    सप्तरी,बैशाख ३ गते । सप्तरीमा हात्ती पाइले रोगबाट पीडित बिरामीको परिवार बिच्चलीमा भएको छ । सरकारले हात्ती पाइले रोगविरूद्ध औषधि खुवाए पनि राजविराज नगरपालिका–७ का ५० वर्षीय शिवकुमार मण्डल यस रोगबाट पीडित छन् ।सिटी चलाएर श्रीमती,दुई छोरा र एक छोरी गरि पाँच जनाको परिवार पाल्दै आएका मण्डल हात्ती पाइले रोगबाट थलिएपछि परिवार विचल्लीमा परेको छ ।उनी पूर्ण अशक्त छन्। परिवारलाई दुई छाक हातमुख जोर्न पनि समस्या भएको बताउँदै उनी भन्छन्, झपाँच वर्ष भयो खुट्टा सुनिन थालेको थियो ।विस्तारै बढ्दै गयो । खुट्टाले काम गर्न छोडेपछि सिटी चलाउन छोडेको पनि चार वर्ष भइसकेको छ। उपचार गर्न र परिवार पाल्नै गाह्रो भएको छ ।

    • प्रकाशित मितिः वैशाख ३, २०७९
    • २९७ पटक पढिएको
  • आगलागी हुँदा एक बालकको मृत्यु, तीन घर जले

    सप्तरी,बैशाख ३ गते । सप्तरीको बोदेबर्साइन नगरपालिकामा भएको आगलागीमा परी एक जना बालकको जलेर मृत्यु भएको छ । तीन वटा घर जलेर नष्ट भएको छ ।नगरपालिकाको वडा नम्बर१० अमरैया टोलमा शुक्रबार दिउँसो ४ बजे आगलागी भएको हो ।आगलागीमा परी गोठमा सुतिरहेका स्थानीय शत्रुद्यन यादवका ५ वर्षीय छोरा शैलेश यादवको जलेर ज्यान गएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । यादवकै गोठघरमा आगलागी भएको हो ।आगलागीमा शत्रुधन यादवको गोठ, रघुनन्दन यादवको घर, जागेश्वर यादवको पक्की घरको एउटा झ्याल जल्दा रु १७ लाख बराबरको क्षति भएको प्रहरीको भनाइ छ ।आगलागीलाई स्थानीय बासिन्दा, नेपाल तथा सशस्त्र प्रहरी

    • प्रकाशित मितिः वैशाख ३, २०७९
    • १४४ पटक पढिएको
  • घरदैलो अभियान सञ्चालन नहुने

    काठमाडौँ, वैशाख ३ गते  । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ सँग सम्बन्धित मतदाता शिक्षा कार्यक्रममा घरदैलो अभियान सञ्चालन नगर्ने भएको छ । आयोगले बदलिँदो परिवेशबमोजिम समयसापेक्ष प्रविधिमा आधारित मतदाता शिक्षा सञ्चालनलाई प्राथमिकतामा राखेको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले भन्नुभयो, “समयसापेक्ष प्रविधिमा आधारित रहेर सबै मतदातामा निर्वाचन शिक्षा पुुग्ने गरी कार्यक्रम सञ्चालन हुने छन् ।” मतदानका लागि अब एक महिना पनि बाँकी नहुँदा मतदाता शिक्षा भने सञ्चालन हुन सकेको छैन । अडियो–भिडियो सामग्री रेडियो, टीभी,अनलाइन र सामाजिक सञ्जालमा राखेर  मतदातालाई शिक्षित बनाउने क

    • प्रकाशित मितिः वैशाख ३, २०७९
    • १६९ पटक पढिएको
  • हवाई सेवा बन्द

    हुम्ला, वैशाख ३ गते । हु्म्लामा दुुई दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ । नेपालगञ्ज र सुर्खेतमा निजी तथा नेपाल एयरलाइन्सका जहाज नभएपछि हवाई सेवा अवरुद्ध भएको हो । नागरिक उड्डयन प्राधिकरण, सिमकोट शाखाका प्रमुुख मोहन गिरीले दुुई दिनयता हुुम्लाका लागि कुनै पनि उडान हुन नसकेको बताउनुुभयो । उहाँका अनुुसार मौसम सफा भए पनि नेपालगञ्जमा कुुनै विमान नहुँदा हुुम्लामा उडान हुुन नपाएको हो । गत बिहीबार सीता र समिट एयरले केही उडान गरे पनि त्यसयता कुुनै पनि उडान हुुन सकेको छैन ।सोही दिन हुुम्लाका लागि उडान गरेपछि ती विमान काठमाडौँ फिर्ता भएका थिए । यसरी उडान नभए पछि नेपालगञ्जका यात्रुु मर्कामा परेका छन् भन

    • प्रकाशित मितिः वैशाख ३, २०७९
    • १६७ पटक पढिएको
  • फोहोर नछुट्याइए कारबाही

    काठमाडौँ, वैशााख ३ गते ।  काठमाडौँ महानगरपालिकाले कुहिने र नकुहिने फोहोरको सङ्कलन तथा व्यवस्थापन छुट्टाछुट्टै गर्ने भएको छ । त्यसका लागि महानगरले फोहोर उत्सर्जनकर्तालाई कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै वर्गीकरण गर्न आग्रहसमेत गरेको छ ।काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले सहज र वैज्ञानिक रूपमा फोहोर व्यवस्थापन गर्नका लागि महानगरले कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै सङ्कलन गर्ने निर्णय गरेको जानकारी दिनुभयो । अब महानगरले हप्ताको तीन दिन कुहिने र हप्ताको एक दिन नकुहिने फोहोर सङ्कलन गर्ने निर्णय गरेको जानकारी उहाँले दिनुभयो । उहाँका अनुसार महानगरले यो निर्णय केही दिनभित्र

    • प्रकाशित मितिः वैशाख ३, २०७९
    • २२० पटक पढिएको
  • मृत्यु भइसकेका गाउँपालिका अध्यक्षसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं,बैशाख २  गते । अख्तियार दुरूयोग अनुसन्धान आयोगले कैलालीको मोहन्याल गाउँपालिकाका जनप्रतिनिधिविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गाउपाँलिकाका स्वर्गीय अध्यक्ष नवलसिंह रावल, उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष पूजादेवी बुढा मगर, वडाअध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत लगायतविरुद्ध भ्रष्टाचार मुद्दा लगाएको हो ।अख्तियारले जनप्रतिनिधिहरूसहित १४ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । कैलाली भएर बग्ने पथ्थरगढ, सेतो, सालघारी, गोडे, खण्डे, बादे, साउडे र कान्द्रा खोलाको नदीजन्य पदार्थको विक्रीकर संकलनमा भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ ।मोहन्याल गाउँपालिकाका

    • प्रकाशित मितिः वैशाख २, २०७९
    • १४४ पटक पढिएको
  • अमेरिकाले दिने ८० अर्बको अनुदान लिने सरकारको निर्णय

    काठमाडौं,बैशाख २ गते। अमेरिकाको विकासका लागि सहयोग निकाय ९यूएसएआईडी०ले दिने करिब ८० अर्बको अनुदान सहायता नेपालले स्वीकार गरेको छ । सरकारले अमेरिकी सरकारबाट विभिन्न विकास कार्यक्रमको लागि प्राप्त हुने ७९ अर्ब ७१ करोड वैदेशिक अनुदान स्वीकार गर्ने निर्णय गरेको हो ।३० चैत २०७८मा मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सूचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ६ सय ५९ मिलियन डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिए ।त्यसैगरी विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय विकास संस्थामार्फत प्राप्त हुने १८ अर्ब रुपैयाँ बराबरको अन्तर्राष्ट्रिय सहयोग पनि स्वीकार गर्ने

    • प्रकाशित मितिः वैशाख २, २०७९
    • १५५ पटक पढिएको
  • काठमाडौंमा कति छ माओवादी केन्द्रको शक्ति ?

    काठमाण्डौं,बैशाख २ गते । नेकपा माओवादी केन्द्र काठमाडौं जिल्लामा पार्टी संगठन नेपाली काँग्रेस र नेकपा एमालेभन्दा निकै मत अन्तरले माओवादी तेस्रो स्थानमा छ । २०६४ सालको संविधानासभा निर्वाचनमा १० निर्वाचन क्षेत्रमध्ये तीन क्षेत्र जितेको माओवादी दोस्रो संविधानसभा निर्वाचन २०७० र २०७४ सालको निर्वाचनमा शून्य भयो । २०७४ मै सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौं जिल्लाका ११ स्थानीय तहमध्ये माओवादीले एक सीट समेत जित्न सकेन तर, स्थानीय तहका वडा कमिटीमा भने सानो संख्यामा जितेको थियो ।आसन्न निर्वाचनमा काठमाडौं महानगरपालिकासहित ११ स्थानीय तहमध्ये शंकरापुर नगरपालिकामा एकल रुपमा जित्नेगरी लागिपरेको पार्टी के

    • प्रकाशित मितिः वैशाख २, २०७९
    • १३८ पटक पढिएको
  • माग सम्बोधन गर्न सरकार सकारात्मक छ :गृहमन्त्री खाण

    काठमाडौं, वैशाख २ गते । नेपाल सरकार र सिके राउत नेतृत्वको जनमत पार्टीबीच भेटवार्ता भएको छ ।शुक्रबार गृह मन्त्रालयमा भएको भेटवार्तामा राउत नेतृत्वको संगठनसँग वि।सं। २०७१ असोज १५ गते र २०७५ फागुन २४ गते भएका सहमति कार्यान्वयनबारे छलफल भएको हो ।वार्तामा सरकारी टोलीको नेतृत्व गृहमन्त्री बालकृष्ण खाण र जनमत पार्टीको नेतृत्व अध्यक्ष राउतले गर्नुभएको थियो ।वार्तामा सरकारका तर्फबाट गृहमन्त्री खाणसहित महान्यायाधीवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे र सहसचिव फणिन्द्रमणि पोखरेल सहभागी हुनुहुन्थ्यो ।त्यस्तै, जनमत पार्टीका तर्फबाट अध्यक्ष राउतसहित उपाध्यक्षत्रय बसन्त कुशवाह, दिपक साह र नरेन्द्र

    • प्रकाशित मितिः वैशाख २, २०७९
    • १२७ पटक पढिएको
  • मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै

    ढल्केवर, वैशाख २ गते । मिथिला क्षेत्रमा शुक्रबार परिवारका ज्येष्ठ सदस्यबाट जीवनमा सकारात्मक ऊर्जा र शीतलताको आशिर्वाद लिएर जुडशीतल पर्व मनाइँदै छ ।नयाँ वर्षको प्रारम्भसँगै नयाँ वर्षको पहिलो दिन बिहीबार ‘सतुवाइन’ र आज दोस्रो दिन आज ‘जुडशीतल’मनाइएको हो । यो पर्वमा श्रेष्ठजनले शीतलजल परिवारका सदस्यको शिरमा सेचन गर्दै सकारात्मक ऊर्जा वृद्धि र शीतलताको आशिर्वाद दिने प्रचलन छ ।नयाँ वर्षको शुभारम्भका रुपमा मनाउने गरिएको यसपर्वको मुख्य विशेषतामा आ–आफ्ना अग्रजबाट आशिर्वाद प्राप्त गर्नुका साथै चुलोको पूजा र वातावरणलाई दृष्टिगत गरी रुखको जरामा पानी हालेर सिँचाई पनि गर्ने गरिन्छ । सो अवसरमा शुक्रबार विहान

    • प्रकाशित मितिः वैशाख २, २०७९
    • २६० पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२