X Sharama Funecure

All Posts By पूर्वान्चल एक्सप्रेस

    Showing ३३१-३४० of ९०६ items.
  • रेलमा आगो लागेको समाचार गलतः इन्जिनियर साह

    जनकपुरधाम, जेठ २१ गते । जयनगर–कुर्था सञ्चालन हुँदैआएको रेलमा बिहीबार आगलागिको समाचार समाजिक सञ्जालमा भाइरल भइरहँदा सो सूचना पूर्णतः गलत भएको रेल्वे विभागका ईन्जिनियर रविन्द्र साहले जानकारी दिनुभयो । “भारतको जयनगरबाट बिहीबार करिब ३ बजेतिर छुटेको रेलमा सवार यात्रुले एसिड ल्याउँदै गर्दा उक्त एसिड थोरै मात्रामा पोखिएर अर्को यात्रुको जिउमा परेको हो, आगो लागेको होइन” ई। साहले भन्नुभयोे । एसिड ल्याउने दुई जना महिला थिए । ती महिलाले साथमा पाँच लिटर ग्यास अट्ने सानो सिलिण्डरसहितको ग्यास चुल्हो पनि बोकेको उहाँले जानकारी दिनुभयो । “भारतबाट रेलमार्फत एसिड ल्याउँदैगरेको अवस्थामा यात्रु बस्ने सिटम

    • प्रकाशित मितिः जेठ २१, २०७९
    • १५० पटक पढिएको
  • जरायोको सिङ्गसहित दुई जना पक्राउ

    धनुषा,जेठ २१ गते । जिल्ला प्रहरी कार्यालय धनुषाले दुई थान जरायोको सिङ्गसहित दुई जनालाई पक्राउ गरेको छ । महोत्तरीको महोत्तरी गाउँपालिका–३ वस्ने २० वर्षिय रितेशकुमार पाण्डे र धनुषाको जनकपुर उपमहानगरपालिका–२४ वस्ने २० वर्षिय सोनुकुमार पाण्डेलाई जरायोको सिंङ्गसहित प्रहरीले पक्राउ गरेको हो ।अवैधरुपमा जरायोको सिङ्ग राखेको गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बिहीबार जनकपुर उपमहानगरपालिका –२४ बाट दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताउनुभयो । प्रक्राउ परेकाहरुले प्रयोग गरेको ज ९ प २७३ नम्बरको मोटरसाइकल समेत प्रह

    • प्रकाशित मितिः जेठ २१, २०७९
    • १२५ पटक पढिएको
  • मलको अभावले किसानलाई सास्ती

    दाङ, जेठ २१ गते । दाङमा रासायनिक मलको अभाव देखिएको छ । खेतीपातीको समय नजिकिँदै गर्दा रासायनिक मलको अभाव हुँदा किसानलाई बर्सेनि सास्ती हुने गरेको छ । धानको बीउका लागि ब्याड राख्नुपर्ने र मकैमा पनि मल आवश्यक पर्ने भएपनि अहिले मल अभाव हुँदा समस्या हुने गरेको तुलसीपुर उपमहानगरपालिका–१६ का किसान यज्ञबहादुर चौधरीले बताउनुभयो ।“गएको वर्ष पनि समयमै मल नपाएपछि युरिया मलबिना मकै गोडेका हौं, मलबिना धान रोप्यौ”, उहाँले भन्नुभयो, “यस वर्ष पनि समस्या त्यस्तै छ ।” मल पाउने आशामा किसान दैनिक सहकारी संस्थामा धाउने गरेका छन् । मल अभावका कारण समयमै खेतीपाती गर्न नपाएमा  उत्पादन पनि घट्ने किसानको चिन्ता रहेक

    • प्रकाशित मितिः जेठ २१, २०७९
    • १५२ पटक पढिएको
  • करेन्ट लागेर महिलाको मृत्यु

    बारा, जेठ २१ गते । बारामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका –२३ बैराठपुर टोलकी ३५ बर्षिया प्रभादेवी रहेको बारा प्रहरीले जनाएको छ । आफ्नै घरको चापाकलमा जडान गरिएको बिद्युतीय मोटरबाट पानी लिन खोज्दा बिहीबार साँझ ७ बजे करेन्ट लागेर गम्भिर भएको उहाँलाई उपचारका लागि बिरगञ्ज ल्याउने क्रममा बीचबाटोमा प्रभाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले बताउनुभयो । मृतक प्रभाको शव नारायणी उपक्षेत्रीय अस्पतालमा परीक्षण गरी परिवारको जिम्मा लगाइएको उहाँले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान सुरु गरिएको उहाँले जानकारी दि

    • प्रकाशित मितिः जेठ २१, २०७९
    • ११६ पटक पढिएको
  • जनकपुर–जयनगर रेल घाटामा जाने चिन्ता

    जनकपुर–नेपाल रेल्वेले लामो प्रतिक्षापछि कुर्था–जनकपुरधाम–जयनगरसम्म रेल सञ्चालनमा ल्याए पनि आत्मनिर्भर हुन संघर्ष गरिरहेको छ । करिब दुई महिनादेखि सञ्चालन हुँदै आएको रेलमा यात्री खचाखच हुन्छन् तर पनि रेल्वे आत्मनिर्भरतातर्फ उन्मुख भएको देखिँदैन । दैनिक रुपमा रेल्वेले दुई लाख रुपैयाँभन्दा बढी आम्दानी गरेमा मात्र नाफा आर्जन गर्नसक्ने कर्मचारीहरु बताउँछन् ।नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झा भने अहिले नै रेल सेवा सञ्चालनबाट नाफा नोक्सान निकाल्दा हतार हुने बताउँछन् । उनले रेल्वेको दीर्घकालीन आत्मनिर्भरताका लागि आन्तरिक गृहकार्य भइरहेको बताए ।दुई महिनादेखि नियमित सञ्चालनमा रहेको रेलम

    • प्रकाशित मितिः जेठ २०, २०७९
    • २२६ पटक पढिएको
  • मधेस प्रदेशमा जेठ २२ गते नीति कार्यक्रम पेस हुने

    सिरहा,जेठ २० गते । मधेस सरकारले यही जेठ २२ गते आर्थिक वर्ष २०७९–०८० का लागि नीति तथा कार्यक्रम ल्याउने भएको छ । नीति तथा कार्यक्रम ल्याउन जेठ २२ गते आइतबार दिउँसो ४ बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ । आज बसेको प्रदेशसभा बैठकमा सभामुख सरोजकुमार यादवले आगामी आवको नीति तथा कार्यक्रम प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रस्तुत गर्ने जानकारी गराए । उनले नीति तथा कार्यक्रम प्रस्तुत हुने दिन आआफ्नो वेषभूषामा सहभागी हुन प्रदेशसभा सदस्यलाई आग्रह गर्नुभयो । 

    • प्रकाशित मितिः जेठ २०, २०७९
    • २३४ पटक पढिएको
  • अर्बौं रुपैयाँ बराबरको कपडा अवैध माध्यमबाट भित्रिँदै

    सिरहा,जेठ २० गते । स्वदेशी कपडा उद्योगीहरूले नेपालमा वर्षेनी अर्बौँ रुपैयाँ बराबरको कपडा अवैध माध्यमबाट भित्रिरहेको दाबी गरेका छन् । नेपाल कपडा उद्योग संघले नेपालमा वार्षिक ६ खर्बको कपडा खपत हुने तथ्याङ्क प्रस्तुत गर्दै त्यसमध्ये स्वदेशी उत्पादन र वैध आयातको हिस्सा १ खर्बमात्र रहेको जनाएको छ।‘नेपालमा खर्बका कपडाको खपत रहेकोमा वैध माध्यमले भन्सार तिरेर भित्रने तथा स्थानीय उत्पादन गरी एक खर्बको मात्र रहेकोले वैधानिक आपूर्ति ५ खर्ब न्यूनीकरण भएको देखिन्छ,ु संघका अध्यक्ष शैलेन्द्रलाल प्रधानले बिहीबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘भारतसँगको खुला सिमानाले गर्दा सीमावर्ती बजारमा नेपाली उपभोक्ताको सह

    • प्रकाशित मितिः जेठ २०, २०७९
    • १९२ पटक पढिएको
  • सर्लाहीको बलरामा मलेरियाका बिरामी

    सर्लाही,जेठ १८ गते । सर्लाहीको बलरा नगरपालिकामा मलेरियाका थप चार जना बिरामी फेला परका छन् । बलरा नगरपालिका २ र ९ को गाउँमा स्वास्थ्यकर्मी खटाएर रगत परीक्षण गर्दा चार जना मलेरियाका बिरामी फेला परेका हुन् । बलरा नगरपालिका २ हथियौल र ९ नरहरगञ्जमा यसअघि २२ जनामा मलेरिया (औलो रोग) देखापरेको र दोस्रो चरणमा स्वास्थ्यकर्मी गाउँमा नै पठाएर रगत परीक्षण गर्दा थप चार जनामा मलेरिया (औलो रोग)देखा परेको जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा.नवलकिशोर झाले जानकारी दिए । उनका अनुसार मलेरियाका बिरामी भेटिएपछि सो क्षेत्रमा कीट र औषधिसहित चिकित्सकको टोली खटाएर रगत परीक्षण गर्दा थप चार जनामा सङ्क्रमण पुष्टि

    • प्रकाशित मितिः जेठ १८, २०७९
    • १२४ पटक पढिएको
  • चाँदीका गहनासहित एक भारतीय नागरिकलाई पक्राउ

    सप्तरी,जेठ १८ गते । सप्तरीको बोदे बर्साइन नगरपालिका–९ इँटाभट्टास्थित भारतीय सीमा क्षेत्रबाट सशस्त्र प्रहरी बलले चार किलो चाँदीका गहनासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।भारत बिहारको मधुबनी जिल्ला खुटौनाग्राम पञ्चायत–११ का २२ वर्षीय वशिष्ट चौधरी पक्राउ परेको सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खड्काले जानकारी दिए । गस्ती टोलीले जाँच गर्दा चौधरीको साथबाट गहना बरामद गरिएको हो । चौधरीले कम्मरमा बाँधी लुकाइछिपाइ नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा चाँदीका गहना बरामद गरिएको हो । बरामद गरिएको गहनाको बजार मूल्य रु चार लाख ३८ हजार रहेको बताइएको छ । चौधरीलाई आवश्यक कारबाहीका लागि राजविराज भन्सार कार्

    • प्रकाशित मितिः जेठ १८, २०७९
    • १७५ पटक पढिएको
  • आईवोस द्वारा प्रमुखलाई सम्मान

    सिरहा,जेठ १७ गते । सिरहाको धनगढीमाई नगरपालिकामा स्थानियतह चुनाबमा निर्वाचित नगर प्रमुख र उप–प्रमुखलाई आईवोस संस्थाले सम्मान गरको छ । आईवोस संस्थाले धनगढीमाई नगरपालिकामा नगर प्रमुखमा निर्वाचित शिबशंकर महतो र उप–प्रमुख संगिता कुमारी चौधरीलाई कदर पत्र,सफल कार्यकालको शुभकामना सहित आईवोस मधेश प्रदेश प्रमुख रोहित चन्द्र ठाकुर,सिनियर लिडर दिनेश कुमार यादब लागयतका संस्थाका प्रतिनिधिहरु सम्मान गरेका छन् । यस संस्थाले स्वच्छ पानी सम्वन्धि नेपाल अधिराज्यभर काम गर्दै आएको सिनियर लिडर दिनेश कुमार यादबले बताए । 

    • प्रकाशित मितिः जेठ १७, २०७९
    • ३९१ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२