X Sharama Funecure

All Posts By पूर्वान्चल एक्सप्रेस

    Showing ३२१-३३० of ९०६ items.
  • एकल महिलामाथि निर्घात कुटपिट

    राजविराज,जेठ २८ गते । राजविराज–५ मा घर भाडा गरी बस्दै आएका एकल महिला पुष्प स्वर्णकार छिमेकीको कुटपिटबाट सख्त घाइते भएकी छिन् । तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर ३ सकरपुरा स्थायी घर भई राजविराजमा सँगै डेरी लिई बस्दै आएका आशिष सिंहले निर्घात कुटपिट गरी उनलाई घाइते बनाएको हो ।अनावश्यक विवाद सिर्जना गरी कसैको सहारा नभएकी स्वर्णकारलाई सिंहका परिवारले कुटपिट गरेको स्थानीयहरुले बताएका छन् । कुटपिटबाट घाईते भएकी पुष्पा गजेन्द्र नारायण सगरमाथा अञ्चल अस्पतालमा भर्ना भई उपचार गराई रहेकी छिन् ।विगत १५ वर्षदेखि राजविराजमा घरभाडा गरेर बसेकी पुष्पाको श्रीमान्को मृत्यु भईसकेको छ । कसैको सहारा नभएका पुष्पा द

    • प्रकाशित मितिः जेठ २८, २०७९
    • १५८ पटक पढिएको
  • भक्तपुरमा भूकम्पको धक्का

    काठमाडौँ, जेठ २८ गते । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ  । शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा भूकम्पको  धक्का महसुस भएको हो । भक्तपुर  जिल्लालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ २८, २०७९
    • १६८ पटक पढिएको
  • सेनिटरी प्याडमा भन्सार ९०% छुट, मूल्य उल्टै वृद्धि

    काठमाडौँ — महिनावारी हुँदा महिलाले प्रयोग गर्ने सेनिटरी प्याडमा सरकारले भन्सार छुट दिएपछि राज्य, स्वदेशी उद्योग र उपभोक्ता उल्टो मर्कामा परेका छन् । विदेशबाट तयारी अवस्थामा आउने प्याडको भन्सारमा ९० प्रतिशत सहुलियत दिँदा राजस्व स्वतः कम हुने भएको छ भने अर्कोतिर कच्चा पदार्थमा भन्सार यथावत् राखिएकाले स्वदेशी उद्योगको लगानी जोखिममा परेको छ ।त्यसमाथि तयारी प्याडको भन्सार १५ प्रतिशतबाट १।५ प्रतिशतमा झारिएको दुई साता नपुग्दै सबैजसो विदेशी प्याडको मूल्य झन् बढेको छ ।अर्थमन्त्री जनार्दन शर्माले संसद्मा बजेट प्रस्तुत गर्नुअघि करिब २० दिन बजारमा प्याडकै अभाव भएको औषधि पसलका सञ्चालकहरू बताउँछन् । खासमा भ

    • प्रकाशित मितिः जेठ २७, २०७९
    • २६१ पटक पढिएको
  • अप्टिकल फाइबर विस्तारमा तीव्रता

    सिरहा,जेठ २७ गते । नेपाल दूरसञ्चार प्राधिकरणले ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने उद्देश्यअनुरुप अप्टिकल फाइबर विस्तारमा तीव्रता दिएको छ । ग्रामीण दूरसञ्चार कोष परिचालन गरी ब्रोडब्याण्ड सेवा उपलब्ध गराउन १८ वटा प्याकेजमार्फत ७४ जिल्लामा तोकिए बमोजिमका स्थानमा जडान सम्पन्न भई सेवा सञ्चालनमा रहेको प्राधिकरणले जनाएको छ ।सम्पन्न भएका परियोजनामध्ये हालसम्म आठवटा परियोजनाको अनुगमन तथा प्रमाणीकरण भइरहेको छ भने बाँकी परियोजनामा दोस्रो र तेस्रो चरणको अनुगमन र प्रमाणीकरण भइरहेको छ । त्यसैगरी सोही कोष परिचालन गरी सञ्चालित मध्यपहाडी लोकमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने सूचना महामार्ग निर्माण गर्ने का

    • प्रकाशित मितिः जेठ २७, २०७९
    • १३४ पटक पढिएको
  • ठेकेदारकै कारण मल अभाव

    काठमाडौँ, जेठ २७ गते । पछिल्लो समय रासायनिक मल ढुवानी गर्ने ठेकेदार कम्पनीको हेलचेक्र्याइँका कारण मलको अभाव भइरहेको छ । बिहीबार भारतबाट फर्कनुभएका कृषि तथा पशुपन्छीमन्त्री महिन्द्रराय यादवले अन्तर्राष्ट्रिय रूपमा मलमा भएको मूल्य वृद्धि तथा अभावका कारण यहाँ पनि मलको अभाव भएको बताउनुभयो ।“तर ठेकेदार कम्पनीका कारण नेपालमा अलि बढी नै समस्या भयो । ठेकेदार कम्पनीले टेन्डर पार्ने तर विभिन्न बहानामा मल नल्याइदिएका कारण यहाँ अलि बढी नै समस्या देखिएको हो । त्यही भएर भारतसँग जीटुजी माध्यमबाट तत्काल मल ल्याउन पहल गरिएको हो,” मन्त्री यादवले भन्नुभयो ।ठेकेदार कम्पनीले टेन्डर ९बोलपत्र० स्वीकार गरे पनि समयमा

    • प्रकाशित मितिः जेठ २७, २०७९
    • १४३ पटक पढिएको
  • पोखरीमा डुबेर बालिकाको मृत्यु

    सिरहा,जेठ २६ गते । महोत्तरीको जलेश्वर नगरपालिका–३ खैरा गाउँमा बुधबार साँझ पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय किशोर सदाकी छोरी ६ वर्षीया आँचल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । बालिकाको शव परीक्षणका लागि गए राति प्रादेशिक अस्पताल जलेश्वर लगिएको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः जेठ २६, २०७९
    • १६९ पटक पढिएको
  • सिरहामा खुल्लेयाम लिङ्ग परिक्षण,गर्भपतन बढ्दो

    सिरहा,जेठ २१ गते । सिरहाका अघिकांश स्वास्थ क्लिनिकहरुमा खुलेयाम लिङ्ग (गर्भ)परिक्षण भई रहेको भएपनि नियमनकारी निकाय मौन बसेको छ । अधिकांश क्लिनिकहरुमा लिंग पहिचान गरेर गर्भपतन (भु्रण हत्या) गर्ने क्रम बढेको छ । छोराको अकांक्षासहित गर्भवती भएका महिलाले गर्भ परीक्षणमा छोरी रहेको थाहा पाएपछि गर्भपतन गराउँछन । यति बेला मिर्चैया, सिरहा, गोलवजार र लहान लगायतका ठाँउमा लिंङ्ग पहिचान गरी भु्रण हत्या फस्टाएको हो । स्वास्थ्य संस्थाको अनुगमन नहुँदा यहाँ असुरक्षित रूपमा चर्को शुल्क लिएर गर्भपतनको व्यापार फस्टाएको छ ।श्रोतका अनुसार सिरहा जिल्लाका अधिकांश स्वास्थ क्लिनिकहरुमा अबैध सम्वन्धबाट रहेको गर्भपत

    • प्रकाशित मितिः जेठ २१, २०७९
    • ४७९ पटक पढिएको
  • पोखरीमा डुवेर बालको मृत्यु

    सिरहा,जेठ २१ गते । सिरहाको बिष्णपुर गाँउपालिका हरिनागरमा पोखरीमा डुवेर बालकको मृत्यु भएको छ। बिष्णुपुर गाउँपालिका वडा नं. १ हरिनगरा बस्ने महेश कामतीको २ वर्षिय छोरा आर्यन कामतीको पोखरीमा डुवेर मृत्यु भएको हो।घर अगाडी रहेको पोखरीमा खेल्दै जाने क्रममा शुक्रबार अपरान्ह बालकको डुबेर मृत्यु भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले जानकारी दिए।पोखरीमा डुबी अचेत अवस्थामा फेलापरेका बालकलाई उपचारको लागि प्रादेशिक अस्पताल सिरहामा  उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः जेठ २१, २०७९
    • १६२ पटक पढिएको
  • किशोरीलाई भारत लगेर आफन्तबाटै बलात्कार

    रौतहट,जेठ २१ गते । एक १४ वर्षीया किशारीलाई आफन्तले नै भारत लगेर बलात्कार गरेको आरोप लागेको छ ।  रौतहटकी ती किशोरीलाई नातामा फुपाजु गर्ने पर्नेले भारतमा लगेर बलात्कार गरेको आरोप लागेको हो । किशोरीलाई सामाजिक अभियन्ता सरोज रायको टीमले भारतबाट उद्धार गरेर गरेर ल्याई प्रहरीमा उजुरी दिएको छ । रायको टीमका सदस्य बच्चालाल यादवले आफूहरु उद्धार गर्न भारतको सीतामढीसम्म गएको र त्यहाँ आफन्तबाटै बलात्कार भएको किशोरीले सुनाएको बताए । पीडितले प्रहरी र आफ्ना आमाबुबासँग पनि फुपाजुले ललाइ फकाई मुम्बई लगिरहेको र बाटोमा गलत सम्बन्ध बनाएको बताएको बच्चालालले बताए ।कसरी भयो घटना ?केही दिन अगाडि किशोरीलाई उन

    • प्रकाशित मितिः जेठ २१, २०७९
    • १६० पटक पढिएको
  • एलपी ग्यासमा दुई थरी मूल्य तोक्ने तयारी

    काठमाडौँ, जेठ २१ गते  । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासमा दुई थरी मूल्य लागू गर्ने तयारी गरेको छ । सर्वसाधारण व्यक्तिलाई राहत दिन दुई थरी मूल्य निर्धारण गर्न लागिएको हो । निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले घरायसी प्रयोजनका लागि हालकै मूल्य र व्यापारिक प्रयोजनका लागि परल मूल्य लागू गर्न लागिएको जानकारी दिनुभयो । आर्थिक अवस्था कमजोर भएका सर्वसाधारण व्यक्ति पहिचान गरेर राहत दिइने र व्यापारिक प्रयोजनका लागि खरिद मूल्यमै बिक्री गर्ने तयारी गरिएको थानीले जानकारी दिनुभयो ।सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत एलपी ग्यासको उपभोगमा सर्वसाधारण जनताको घरायसी एवं व्यापारिक प्रयोगका

    • प्रकाशित मितिः जेठ २१, २०७९
    • १३० पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२