महोत्तरी,असार १२ गते । गौशलामा घरको छतबाट खसेर एक महिलाको ज्यान गएको छ ।
गौाशला नगरपालिका–५ विद्युत कार्यालय नजिक दिनेश यादवको घरमा डेरा गरी बस्ने जलेश्वर नगरपालिका–४, सुगाका निरन्जन महतोकी श्रीमति अन्दाजी वर्ष २६ कि पुनम महतो ज्यान गएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रंजन मिश्रले बताए ।
दुईतल्ले घरको छतमा सुकाई राखेकोे कपडा टिप्ने क्रममा छतबाट खसेको र उनको घटना स्थलमै ज्यान गएको प्रहरी निरीक्षक मिश्रले बताए । घटना बारेमा अनुसन्धान भई रहेको प्रहरी निरीक्षक मिश्रले बताए ।




















