राजविराज, २४ चैत । सप्तरीको बोदे बसाईन नगरपालिका ५ जाँजरमा नवनिर्मित हनुमान लला मन्दीरमा हनुमानको मूर्ति स्थापना गरी प्राण प्रतिष्ठा गरिएको छ ।

स्वर्गीय सुन्दर लाल यादव तथा उहाँकी धर्मपत्नी स्वर्गीय जानकीदेवी यादवको स्मृतिमा उहाँको जेठी छोरी स्व. सुभद्रादेवी यादवको छोरा बुहारी बोदे बसाईन गरपालिका ७ हैठी निवासी अरुणकुमार यादव र बिमलादेवी यादवले सो मन्दीर निर्माण गर्नुभएको हो । नवमिर्मित उक्त मन्दीरमा रामनवमीको अवसर पारेर हनुमान जीको मूर्ति स्थापना गर्नुभएको छ । 

बैदिक सनातन धर्मका गुरु पण्डित रामकुमार शास्त्रीले मन्दीरमा बिशेष पाठन गरी हनुमान जीको मूर्ति स्थापना गरी प्राण प्रतिष्ठा गर्नुभएको छ । मन्दीरमा मूर्ति स्थापनासँगै रामनवमीको अवसर पारेर २४ घण्टे अष्टयाम समेत आयोजना गरिएको छ ।