सिरहा , कार्तिक २९ गते । विशेषतः तराई मधेशको जिल्लामा बसोबास गर्ने सीमान्तकृत डोम समुदायलाई अहिले बाँसका सामाग्री बनाउन व्यस्त रहेका छन् । वर्षभरिको जोहो एक मात्र सहारा चाडवाडको बेला बाँसका सामाग्री बनाएर गुजारा गर्नुपर्ने वाध्यताका कारण उनीहरु अहिले नजिकिंदो छठ पर्वको लागि बाँसका सामाग्री बनाउन व्यस्त रहेका छन् ।
तिहार सकिएसँगै तराई मधेशमा धुमधामसँग मनाइने छठ पर्वको लागि सीमान्तकृत डोम समुदायलाई अहिले बाँसको सामाग्री बनाउन भ्याई न भ्याई भएको छ ।
महान चाड छठ पूजाको लागि अति महत्व राख्ने बाँसका सामाग्रीहरु ढाकी, नाङ्लो, कोनिया लगायतका सामाग्री तयार पार्न घरका सम्पूर्ण सदस्यहरु लागि परेका हुन् ।
बजारमा आएको स्टील, तामा तथा सिल्भरका सामाग्रीले बजार लिएपछि आफूहरुको वर्षभरिको जोहो चाडवाड मात्र एक सहारा रहेको उनीहरु वताउँछनु ।
दिन प्रति दिन पुख्र्यौली पेशा धरापमा पर्न थालेकाले तीन तहकै सरकारले आफूहरुको जीवन निर्वाहको लागि वैकल्पिक आर्थिक उपार्जनको बारेमा सोचिदिन आग्रह गरेका छन् ।




















