मोरङ, फाल्गुन ३ गते । मोरङमा हत्या गरी फरार रहेका हेम कर्ण महतलाई  प्रहरीले पक्राउ गरेको छ । 

आफ्नै श्रीमती ५३ वर्षीया देबि महतको हत्या गरी फरार रहेका  बेलबारी नगरपालिका-१ नक्सालबारी बस्ने ५७ वर्षीय महतलाई  प्रहरीले पक्राउ गरेको हो। 

पथरी शनिश्वरे नगरपालिका-१० स्थित पश्चिम बसपार्कबाट पक्राउ परेका महत घरायसी वादविवादको कारण २०७९ फागुन २५ गते दिउँसो धारिलो हतियार प्रहार गरी हत्या गरी फरार रहेका थिए । यस घटना सम्बन्धमा  आवश्यक अनुसन्धान गरिरहेको  प्रहरीले जनाएको छ।