सिरहा,पुस ६ गते । सिरहाको गोलबजार नगरपालिकाबाट लागु औषध गाँजा सहित २ जना पक्रउ परेको छ । पक्राउ पर्नेहरूमा सिरहा गोलबजार नगरपालिका(१ बस्ने ३९ वर्षीय सुदिप कुमार राई र धनुषा गणेशमान चारनाथ घर बताउने १८ वर्षीय किशोर रहेका छन् ।
गोलबजार नगरपालिका १ गोला मुक्सार चोकबाट अवैध लागूऔषध गाँजा ८ किलो ८ सय ग्राम सहित राई र किशोर लाई मंगलबार गरेको हो। स।१ ह २०२८ नम्बरको अटो रिक्सालाई प्रहरी चौकी मुक्सारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अटोको पछाडि भागमा लुकाई राखेको उक्त गाँजा सहित अटो चालक किशोर र अटोमा सवार सुदिपलाई प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




















