मनु यादव
सिरहा,पुस ५ गते । मधेश प्रदेश को सिरहा जिल्लामा पर्ने भगवानपुर गा पा मा अवस्थित भगवानपुर बालासुन्दरी भगवती मन्दिर पनि शक्तिशाली पीठहरु मध्ये एक हो । भगवानपुर चौक देखि ३०० मीटर पुर्वमा अवस्थित बालासुन्दरी भगवती मन्दिर को गथा र प्रसिद्धि नेपाल तथा भारतमा समेत रहेको छ । प्रत्येक वर्ष दशमीमा बालासुन्दरी भगवती मन्दिरमा लग्ने मेला हेर्न श्रद्धालु दुरदराज बाट आउने गर्दछ । मनोकामना पुरा भएकाहरुले भाकल चढाउने र पुजापाठ गर्ने गर्दछन ।
बाला सुन्दरी भगवती मनोकामना पूरा गर्ने शक्तिपीठहरू मध्ये एक पीठ मानिएको हुॅदा नेपाल र भारतका आम जनमानसको ठुलो आस्था रहेको छ । यो मन्दिर भारतीय सीमा देखि ४ किलोमिटर उत्तरमा भगवानपुरमा रहेकोले मेलामा भारतिय श्रद्धालुहरुको निकै भिड हुन्छ । यस मन्दिरमा हिन्दुहरूको महान् चाड दशैँमा ठुलो घुइँचो लाग्ने गरेको छ र यहाँ बोकाको बलि दिने गरिन्छ । प्रायजसो हिन्दूहरू साना ठूला सवारी किन्दा चोख्याउन यहाँ आउने गरेको मन्दिरको पुजारी अजितलाल चौधरीले जनाउनु भयो ।

सडक मार्गबाट प्रवेश गर्ने सम्पूर्ण आन्तरिक तथा बाह्रय पर्यटकहरु भगवानपुर गा पा प्रवेश गर्ने हुलाकि राजमार्ग र लहान र ठाड्डी जोडने मार्गबाट सजिलै पुगन सक्ने साईकल, गाडी र पैदल यात्राबाट पनि पुग्न सकिने स्थानिय रंजित यादवले बताउनु भयो । ।
बालासुन्दरी भगवती मन्दिर कुनै नया र हालमा स्थापित शक्तिपीठ नभई प्राचीन कालदेखि स्थापित शक्तिपीठ हो । भक्तजनहरुमा आस्था र भरोसाको केन्द्र बालासुन्दरी भगवती मन्दिर त्यसै प्रसिद्ध नरहेको बताउछन स्थानीय बुजुर्गहरु यहॉ आएर मनमा रहेको ईच्छा आकांक्षा समेत पुरा हुने जनविश्वास रहेको छ।





















