धनुषा,मंसिर २९ गते । धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरस्थित पूर्व–पश्चिम राजमार्गमा दुर्घटनामा हुदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा महोत्तरीको भङ्गाहा नगरपालिका–४, बस्ने २४ वर्षीय अमरेन्द्र महतो रहेको छ ।
बुधवार राति १० बजे पूर्वबाट काठमाडौँतर्फ गइरहेको प्रदेश–३–०१–००६ ख ६८४ नम्बरको बसको पछि÷पछि आइरहेको प्रदेश–२–०२–००३ प ३८४३ नम्बरको मोटरसाइकल ठोकीएर अनियन्त्रित भई पूर्वतर्फ गइरहेको बा ५ ख ५२७४ नम्बरको हाइस गाडीमा समेत ठोक्किन पुगेपछि मोटरसाइकल चालक महतो गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामसागर सिंहले जनाउनु भयो ।
महतोको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको प्रहरी निरीक्षक सिंहले जानकारी दिनुभयो । दुर्घटनासँग जोडिएका बस, हाइस र मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको छ ।




















