सिरहा,मंसिर २६ गते । सिरहाको छुट्टाछुट्टै स्थानबाट ठूलो परिमाणमा अवैधरुपमा लागाएको गाँजा प्रहरीले फडानी गरेका छ । जिल्लाको विभिन्न ठाउँमा लगाएको गाँजा  एस्कावाड टोलिको विशेष सुचनाको अधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलिले  गाँजा फडानि गरेको हो । मिर्चैया नपा  ७ , नरहा गाउँपालिका २ र गोलबजार नगरपालिका ७ बाट २ हजारभन्दा बढी गाँजाको बोट फडानी गरी आगजानी आगो लगाई नष्ट गरेको छ ।

अहिले नै नष्ट गर्दा प्रहरीलाई पनि हैरानी कम हुने र किसान पनि निरुत्साहीत हुने हुनाले अवैधरुपमा लगाएको गाँजा फडानी गर्ने अभियान अन्तर्गत फल लाग्नु भन्दा अगावै फडानी गरिएको सशस्त्र प्रहरी मधेस प्रदेश प्रमुख डीआईजी गणेश ठाडा मगरले    जानाउनु भयो। 

चारै तर्फ उखु, रहर, तरकारी खेती लगाएर विचको भागमा गाँजा लगाउने गरेको पाइएको प्रहरीको भनाई छ । कतिपयले करेसाबारी तथा आँगनमा समेत गाँजाको विरुवा लगाउने गरेको प्रहरीले बताए ।

प्रहरीका अनुसार मानिसले परबाट हेर्दा अन्य बालीजस्तो लाग्ने गरी गाँजाको खेती गरेको प्रहरीको भनाई छ । यस क्षेत्रका किसानहरुले प्रहरीलाई छल्न नै त्यस्तो उपाय निकालेको हुन सक्ने डीआईजी ठाडा मगरले जनाउनु भयो।

गाजाँको मूल्य दिनानु बढेसँगै सिरहा सहित मधेश प्रदेशका जिल्ला हरुमा लुकिछिपी गाँजा खेतीगर्ने किसान बढेको बताइन्छ ।