सर्लाही,मंसिर २६ गते । सर्लाहीको लालबन्दी नगरपालिका १ मा मुसहरी टोलबाट अवैध लागूऔषध गाँजा एक जना पक्राउ परेको छ । पक्रउ पर्नेमा लालबन्दी नगरपालिका १ मुसहरी टोलबाट करिब १० किलो गाँजा सहित हरिवन नगरपालिका ३ बस्ने २० वर्षीय नितेश श्रेष्ठलाई रहेको छ । आइतबार रातिइलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले बा.७९ प २२३२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त गाँजा सहित मोटरसाइकलमा सवार श्रेष्ठलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्रउ परेका श्रेष्ठ सवार मोटरसाइकल चालक फरार भएको छ । फरार चालक को खोजी गर्नुका साथै यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।




















