जनकपुरधाम मंसिर १ गते ।  आसन्न मंसिर ४ गते हुने निर्वाचन नजिदिकिए संगै धनुषा निर्वाचन क्षेत्र नं २ मा चुनावी माहोल तातेका छन् । सत्तारुढ गठबन्धनबाट रामकृष्ण यादव तथा जसपा पार्टी  सामाजसेवी गंगाराम यादवबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

जसापा पार्टी बाट समाजसेवी गंगाराम यादव र सत्तारुढ गठबन्धनबाट कांग्रेसका पूर्वमन्त्री रामकृष्ण यादवबीच  नै मुख्य प्रतिस्पर्धा हुने अहिले सम्मको आकलन रहेको छ ।

समाजसेवीका रुपमा चर्चामा रहेका उनलाई  जनताले आ-आफ्ना समस्याहरु सुनाउन छाडेका छैनन् । यादवले समजमा गरेका कामको  मूल्याकंन अहिले जनताले गर्दैछन ।

यस निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्य पदका लागी १६ जनाले उम्मेदवारी दिएका छन् ।