सिरहा,कार्तिक १७ गते । परम्परागत खेतीलाई परिमार्जन गर्दै सिरहाका किसानहरुले मल्चिंग प्रविधिमार्फत् गोलभेडा खेती शुरु गरेको छ । मल्चिंग प्रविधिमार्फत् सिरहाका विभिन्न ठाउँमा गरी झण्डै अढाई विघामा यस्ता गोलभेडा खेतीहरु गरिएको छ । 

मल्चिंग प्रविधिमार्फत् गोलभेडा खेती गरिए विरुवा पनि अधिक समय टिक्ने र फल पनि अन्य प्रविधि भन्दा दोब्बर लाग्ने हुनाले यो प्रविधिप्रति किसानहरु आकर्षित भएको कृषि ज्ञान केन्द्र सिरहाले जनाएको छ ।

vlcsnap-2022-11-03-14h24m10s360

वर्षौदेखि गोलभेडा खेती गर्दै आएका सिरहा कर्जन्हाका प्रमोद कुमार साहले नयाँ प्रविधिबाट  तरकारी खेती नगरेकाले राम्रो आदानी लिन नसकिरहेको बताउँदै यसपल्ट गरेको मल्चीङ्ग प्रविधिबाट मनग्यै आम्दानी हुने जनाएको छ । 

उनका अनुसार परम्परागत गोलभेडा खेतीमा प्रति बोट पाँच देखि दश किलो सम्म फले पनि मल्चीङ्ग प्रविधिबाट गरिएको गोलभेडा खेतीबाट प्रतिबोट पन्ध्र देखि वीस किलोसम्म फल्ने अनुमान गरिएको छ । 

vlcsnap-2022-11-03-14h24m38s168

मल्चिंग प्रविधि किसानहरुको लागि अत्यधिक लाभकारी भएको कृषि ज्ञान केन्द्रका वाली विकास अधिकृत परमानन्द चौधरीले उल्लेख गर्नुभयो । यी यस्ता नयाँ नयाँ प्रविधिहरुमार्फत किसानहरुले खेती गरिए किसानहरुको आर्थिक उपार्जन बलियो हुनुको साथै उत्पादित तरकारीहरु अन्य ठाउँमा निर्यात समेत गर्न सकिने स्थानीय बुद्धिजीवीहरु वताउँछन् ।