सिरहा,कार्तिक १ गते । ईलाका प्रहरी कार्यालय मिर्चैयामा अनुसंधानको क्रममा पक्राउ परेका महिला माथि प्रहरीले अमानवीय तरिकाले कुटपिट गरेको भन्दै पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको मिर्चैयामा स्थानिय आक्रोशितले नाराजुलुस सहित सोमबार चक्का जामा गरेको छ। मिर्चैया नगरपालिका १ रामपुरविर्ताकी ६२ वर्षीया गुबदी देवी साह हलुवाईको हत्याको अनुसन्धानका क्रममा नियन्त्रणमा लिएको उनकै बुहारी जिवछी देवी साहलाई प्रहरीले नियन्त्रणमालिई अमानविय तरिकाले कुटपीट गरेको विरोधमा आक्रोशित स्थानीयले चक्काजाम गरेको हो।
आक्रोशित स्थानीयले दोषी प्रहरीलाई कार्वाहीको माँग गर्दै चक्काजाम सहित ईलाका प्रहरी घेराउगरी चर्का नारा लगाएका थिए। प्रहरीले चक्का जाम खोलाउन दर्जनौं राउण्ड असुरग्यास प्रहार गरेको बताइएको छ।
सो क्रममा प्रहरी पनि घाइते भएको छ। एकजना प्रहरीको टाउको फूटेकाले उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी हरी ओलीले जानकारी दिए।
मिर्चैया नगरपालिका १ रामपुरविर्ताकी ६२ वर्र्षीय गुबदी देवी साह हलुईको शव यहि असोज १५ गते कर्जन्हा नगरपालिका ११ भलुखोलाको छेउको उखु घारीमा भेटीएको थियो। उनको अघिल्लै दिन हत्या गरी फालिएको हुन सक्ने अनुमान गरिएको छ।
अघिल्लै दिन खेत रुङ्न गएकी गुबदी नफर्केपछि भोलीपल्ट बुहारी जीवछी र उनकी छोरी ९आमाजु दिदी० ललिता खोज्न जाँदा आफ्नै खेत नजीकैको उखुवारिमा लाश भेटिएको थियो। ललिताको घर पनि प्रयागपुरमै भएकाले छोरीकैमा राती बस्योहोला भन्ने सोचेर भोलीपल्ट विहान ललितालाई फोनगरी बुझ्दा नआएको भनेपछि जीवछी र ललिता खोज्न गएको बताइएको छ।
पोष्टमार्टम पछि उनको दहासंस्कार गरी तेह्र दिनको किरिया सहियपछि सोहि घटनाको अनुसन्धानको क्रममा मृतकी बुहारी जिवछी देवी साहलाई शुक्रबार ईलाका प्रहरी कार्यालय मिर्चैया ल्याईएकको थियोे। ईलाका प्रहरी कार्यालयले अनुसन्धानको नाममा महिला अनैतिक तरिकाल कुटपीट गरेको आरोप लगाएको छ।
लगेकै राति देखि कपाल झ्यालमा बाँधेर पैतालामा पाईले हानेको जीबछिले बताईन । उनले भने, ‘पाइले मुखमा हानेर स्टिच गर्नु पर्ने अवस्थामा पुर्याए, पाईले कति हाने त्यसको गन्ति नै छैन।’
उनको शरिरको विभिन्न भागमा पाईप तथा लाठिले कुटपीट गरेको नीलडाम अझै दिखिएको स्थानीय गंगाराम साहले बताए। उनले भने, ‘यहि असोज १५ गते लाश भेटियो, पोष्टमार्टम पछि दहासंस्कार भयो र १३ दिनको काम सहिएपछि वुहारीलाई शनिवार प्रहरीले पक्राउ गरी ल्यायो, मरन्नासन अवस्थामा पुर्याएको छ।’
प्रहरीले अनुसन्धानको नाममा यसरी महिलालाई अमानविय तरिकाले कुटपीट गर्न पाइन्छ रु भन्दै प्रतिप्रश्न गरे। साहले यसरी महिलालाई थुतुना, अनुहा र शरिरको विभिन्न भागमा अझै निलडाम देखिनेगरी कुटपीट गर्ने प्रहरी अधिकारीमाथि कार्वाही हुनु पर्छ।’
यता डीएसपी ओलीले अनुसन्धानको क्रममा ल्याएको र सोधपुछपछि छोडेपनि सोमवार विहान हुलसहित प्रहरी कार्यालय घेराहाल्न आएको बताए। उनले सो क्रममा भिड नियन्त्रण गर्न केहीसेल असुरग्यास प्रहार भएको जनाए।
सडक खुलेपछि स्थानीय र प्रहरी प्रशासनविच बार्ता भउको स्थानीय रामनारायण ठाकुरले जानकारी दिए। घटनाको छानविन गर्ने समिति निर्माण गर्ने विषयमा छलफल भएको बताइएको छ।
महिलाको हाल प्राथमिक स्वास्थ्य केन्द्र मिर्चैयामा उपचार भईरहेको छ।




















