सिरहा,असोज २५ गते । सिरहाको धनगढीमाई नगरपालिका वडा नं. १३ स्थित भएको धनगढीमाई दोस्रो गोल्डकप प्रतियोगिताको फाइनल खेलमा बारा ११ फुटबल क्लवलाई एकका विरुद्ध सलहेश फुटबल क्लव सिरहाले चार गोल जित हासिल गरेका छन् ।
विजयी प्रथम हुने सलहेश फुटबल क्लव सिरहालाई आयोजकले एक लाख पचास हजार नगद तथा शिल्ड र प्रमाणपत्र तथा द्वितीय स्थान हासिल प्राप्त गर्ने बारा ११ फुटबल क्लवलाई एक लाख नगद सहित शिल्ड, प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो ।
नगद, प्रमाणपत्र तथा शिल्ड वितरण गर्नुहुँदै धनगढीमाई नगरपालिकाका नगरप्रमुख शिवशंकर महतोले खेलले धनगढीमाई नगरपालिकाका युवाहरुलाई थप उत्साहित बनाएको बताउनुभयो ।
खेल मैदानमा दिँउसो ४ बजेर ५ मिनेटमा संचालन गरिएको खेलमा एनफाको धुन बजाउँदै मैदानको दक्षिणी भागबाट खेलाडीहरुलाई पञ्चकन्यामार्फत् राष्ट्रिय झण्डालाई अगाडी राख्दै मैदानको मध्य भागमा ल्याई राष्ट्रिय गान गाउन लगाइएको थियो । राष्ट्रिय गान पछि मैदानमा पुगेर आयोजक समितिका अध्यक्ष श्रवण ठकुरी लगायत वडा अध्यक्ष सूर्यमान तामाङ अमित ठकुरी अशोक श्रेष्ठ लगायत अथितिहरुले खेल शुरु हुनु अघि अबिर लगाएर खेलको सुरुवात गराउनु भएको थियो ।
रोमाञ्चक भएको अन्तिम खेलमा करिब ७ हजार दर्शकहरुले खेलको लोकप्रियता बटुलेको बुझिएको छ भने खेलको करिव १९ औं मिनेटमा सिरहा सलहेश टिमका खेलाडी जर्सी नम्बर १० का फोफोनाले प्रथम गोल गर्दै खाता खोलेका थिए । मैत्रीपूर्ण खेलमा सिरहाले जम्मा चार गोल गरेका थिए भने बारा ११ ले जम्मा दुई गोल फर्काएका थिए ।
अन्तिम खेलमा म्यान अफ दि म्याच सिराहा सलहेश टिमका जर्सी नम्बर ४ का खेलाडी रूपक लामा भएका थिए उनलाई सर्वोच्च अदालतका अधिवक्ता प्रेम ठकुरी ज्यूले नगद पुरस्कार प्रदान गर्नू भएको थियो ।
खेल अवधिमा सर्वोकृष्ट खेलाडी सिराहाका फोफोना घोषित भएका थिए ।
नेपाल तथा भारतका गरी दश वटा (महिला तथा पुरुष) टिमहरुको सहभागीता रहेको उक्त खेल १५ असोजमा संचालन भएको थियो । खेलको व्यवस्थापन धनगढीमाई नगरपालिकाले गरेको जनाइएको छ ।




















