सिरहा,आश्वीन १५ गते । सिरहाको धनगढीमाईस्थित निर्मला लामा कभर्ड हलमा आयोजित प्रथम मेयर कप जिल्लास्तरीय व्याडमिन्टन प्रतियोगितामा खुल्ला तर्फ गोविन्द चौधरी र प्रशान्त चौधरी प्रथम भएका छन् ।

vlcsnap-2022-10-01-18h31m50s408मनोज साह र ध्रुव कुँवरलाई पराजित गर्दै गोविन्द चौधरी र प्रशान्त चौधरी प्रथम भएका हुन् । विजेताहरुलाई धनगढीमाई नगरपालिकाका नगरप्रमुख शिवशंकर महतोले नगद, मेडल, ट्रफि प्रदान गरिएको थियो ।

भेट्रान्सतर्फ विमल गौतम र शरद रेग्मीलाई हराउँदै हरिप्रसाद गुप्ता र सत्यनारयाण गुप्ता प्रथम भएका हुन् । 

Dhangadhimaiत्यसैगरी सुपर भेट्रान्सतर्फ भूमिलाल लामा र अशोक लामालाई पराजित गर्दै प्रेम लामा र गोपाल गौधरी प्रथम भएका हुन् ।

त्यसैगरी खुल्लातर्फ तेस्रो स्थानमा क्रमशः हरिप्रकाश गुप्ता र प्रल्हाद हमाल तथा सत्यनारायण गुप्ता र विनोद चौधरी भएका हुन् । त्यस्तै sukhipur nagarpaliakaभेट्रान तर्फ रुस्तम थापा र प्रेम लामा तथा फुदन यादव र सुरेश साह तेस्रो स्थान हासिल प्राप्त गरेका छन् । 

त्यस्तै सुपर भेट्रानतर्फ धर्मनाथ साह र श्याम यादवले तेस्रो स्थान प्राप्त गरेको जनाइएको छ । 

Golbazar 2धनगढीमाई नगरपालिकाको आर्थिक सहयोग तथा धनगढीमाई ब्याडडमिन्टन टिम जिरोमाइलद्वारा आयोजित उक्त ब्याडमिन्टन प्रतियोगिताामा जिल्लाभरीका खुल्ला तथा भेट्रान गरी ३४ वटा टिम सहभागि भएको धनगढी ब्याडमिन्टन टिम जिरोमाइलका अध्यक्ष रुस्तम थापाले जानकारी गराउनुभयो ।

Lahan