असोज, सुनसरी १४ गते । मोरङको सुनवर्षी नगरपालिकामा धामी बस्न हिँडेका एक युवक मृत भेटिएका छन् । वडा नम्बर ४ बटरबारीका ३२ वर्षीय अशोककुमार यादव मृत भेटिएका हुन् ।sukhipur nagarpaliaka

sukhipur nagarpaliakaबिहीबार साँझ उनी घरबाट धामी बस्नका लागि लरीकट्टा भन्ने ठाउँमा जान्छु भन्दै हिँडेका थिए । शुक्रबार विहान घरबाट करिब डेढ किलोमिटर टाढा सडकमा उनको शव फेला परेको हो ।

प्रहरीका अनुसार मृतकको पेटमा ठूलो चोट छ । स्थानीयले भने पेटमा छुरा प्रहार गरी हत्या भएको दाबी गरेका छन् ।

Golbazar 2जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले घटना शंकास्पद भएकाले तालिम प्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन गरेर अनुसन्धान अघि बढाएको बताए । ‘मृतकको पेटमा गहिरो चोट छ,’ उनले भने, ‘घटना शंकास्पद छ, तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरेका छौं ।’

Lahanसुनवर्षी नगरपालिका– ४ का वडा अध्यक्ष छेदिया यादवका अनुसार मृतक युवक धामी झाँक्रीको काम गर्छन् । बिहीबार धामी काम गर्न बोलाएपछि घरबाट हिडेका थिए । ‘गाउँमा धामी झाँक्री राख्ने चलन हुन्छ’, उनले भने, ‘धामी गर्न बोलाएका कारण हिजो बेलुका लरीकट्टा जाने भन्दै घरबाट हिँडेका थिए, उता पुगे नपुगेको जानकारी छैन ।’ उनले घटनाको अनुसन्धान गरी दोषीलाई कारवाही गर्न माग गरे ।

Sakhuwannakarkatiयादव लरीकट्टा पुगेको वा नपुगेको खुलेको छैन । डीएसपी श्रेष्ठका अनुसार बिहीबार उनी प्रदेश १–०२–०४४ प।३२६१ नम्बरको मोटरसाइकलमा घरबाट निस्किएका थिए । शुक्रबार बिहान घरबाट पूर्वतर्फको भित्री सडक खण्डमा राखिएको अवस्थामा मोटरसाइकल भेटिएको थियो ।

Mirchaiya nagarpalikaमोटरसाइकल भएको स्थानबाट करिब १० मिटर दक्षिण सडकमा उनको शव फेला परेको थियो । धारिलो हतियार प्रहारबाट पेटमा गम्भीर चोट लागेका उनको शरीरका अन्य भागमा पनि चोट पटक देखिन्छ । घटना शंकास्पद देखिएकाले सूक्ष्म रुपमा अनुसन्धान अघि बढाइएको डीएसपी श्रेष्ठले बताए । मृतकको शव पोष्टमार्टमका लागि कोसी अस्पताल पठाइएको छ ।Laxmipurpatari