सुनसरी,आश्विन,१२ गते । सुनसरीमा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा देवानगञ्ज गाउँपालिका–१ का ४५ वर्षीया रीतादेवी यादव र वडा नं २ का उदितचन्द्र यादव रहेको सुनसरीका प्रहरी जनाउनु भयो।

भैँसीलाई गोठमा पानी खुवाइरहेका बेलामा चटयाङमा परेर रीतादेवीको मृत्यु भएको छ भने घर नजिकै रहेको खेतमा घाँस काट्ने क्रममा पानीसँगै आएको चट्याङमा परेर उदितचन्द्रको मृत्यु भएको सुनसरी प्रहरीले उल्लेख गर्नु भयो।





















