अनुभक्त चौधरी
सिरहा,भदौ १९ गते । सिरहाको दक्षिणवर्ती बरियारपट्टी गाउँपालीकाले सातौ गाउँ सभा एक कार्यक्रम विच सम्मपन्न गरेको छ ।
सभाले अगामी आर्थिक वर्षमा कृषि,सडक लगायत भौतिक पूर्वाधारका काममा केन्द्रीत रहेर वजेट ल्याउने गाउँपालीका अध्यक्ष संतोष कुमाार महतोले जनाउनु भयो ।
उक्त दिन नै गाँउपालिकाको अगामी बजेट सार्वजानिक गर्ने भएपनि आन्तरीक विवादका कारण गाउँ सभा समयमै हुन सकेको थिएन । यस अधि पनि विवादका कारण सार्वजानिक हुन सकेन आपसी साझेदारीमा दुई चार दिन भित्रै पत्रकार समेलन मार्फत सार्वजानिक गर्ने गापा अध्यक्ष महतोले उल्लेख गर्नुभयो ।

सिरहा जिल्लाको सिमावर्ति क्षेत्र संग जोडिएर रहेकोले उक्त क्षेत्रमा विकास निमार्ण लगायतका कार्य न्यून भएपनि महतोले यस अघि पहिलो कार्यकालमा राम्रो विकास गरेकोले पुनः दोस्रो कार्यलयकालमा जनताले जिताएको स्थानिय राम खेलाउन यादबले बताए ।
बजेत तथा निति कार्यक्रम गाँउपािलकाको उपाध्यक्ष ममता कुमारी यादबले सार्वजानिक गर्नु भएको थियो ।
कृषि,शिक्षा र स्वास्थ्यमा विकास गर्नुपर्ने वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरु शुभकामना मन्तनव्य व्यक्त गरेका थिए ।




















