महोत्तरी, भदौ, १६ गते । महोत्तरी बाट एक जनालाई पक्रउ गरेको छ । पक्रउ पर्नेमा सम्सी गाउँपालिका ४ बस्ने ३० वर्षीया सन्जु देवी झा रहेको छ ।
झालाई ४ सय ग्राम अवैध लागूऔषध गाँजा सहित प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा केन्द्रीय लागूऔषध ब्यूरो शाखा कार्यालय जनकपुर र प्रहरी चौकी गैडाभेटपुरबाट खटिएको प्रहरीले झाको घुम्ती पसल जाँच गर्ने क्रममा लुकाई राखेको अवस्थामा उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




















