काठमाण्डौ, भदौ १६ गते ।राष्ठ्रियसभाको आजको बैठकमा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेश गरिएको छ।
बैठकमा ज्येष्ठ सदस्य नारायणदत्त मिश्रले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनःविचारका लागि फिर्ता भई प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक, २०७९ र प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त कारागार विधेयक २०७६ सम्बन्धी प्रतिवेदन सभासमक्ष पेश गरेका हुन्।
बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन र मुल्याङ्कन समितिका सदस्य देवेन्द्र दाहालले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूलयाङ्कन समितिको वार्षिक प्रतिवेदन २०७६ र समितिको एकीकृत प्रतिवेदन २०७९ सभासमक्ष पेश गरे। नागरिक न्युजबाट साभार




















