निर्धन उत्थान लघुवित वित्तिय संस्था शाखा कार्यालय सुखिपुरले सिरहाको धनगढीमाई नगरपालिका वडा नं. ६ सिमराका स्व.राधा देवी महतोको श्रद्धाञ्जजली कार्यक्रमको आयोजना गरि महतोकी परिवारलाई चेक हतान्नतरण गरेको छ ।
सिमरा गाउँमै कार्यक्रम गरी निर्धन लघुवित वित्तिय संस्था शाखा कार्यालय सुखिपुरका शाखा प्रवन्धक ओम प्रकाश कुमार साहले महतोकी श्रीमानलाई पाँच लाख पचासी हजारको चेक दिईएको हो ।

विगत आठ वर्ष देखि महतो निर्धन लघुवित वितिय संस्था सुखिपुर द्वारा गठन गरेको निर्धन महिला बचत समुह सिमरामा अवद्ध थिईन । श्रद्धाञ्जली कार्यक्रममा ६ नं. वडाका वडा अध्यक्ष भगलु महतो,स्थानिय बुधीजिवी र बचत समुहका सदस्यहरुको उपस्थिती रहेको थियो ।
उनको निधन यही असार २९ गते निधन भएको थियो । उनले समूहमा लिएको ऋण मिनहा गरी परिवारलाई सदस्य विमा वापतको रकम मिनहा गरेको शाखा प्रमुख साहले बताए ।




















