लहान,असार,१२ गते ।सिरहाको लहान नगरपालिका २२ बेलीमा गोली चलेको छ। गोली चल्दा एक जना घाइते भएका छन्। घटनामा संग्लन रहेका चार जनालाई पक्राउ परेको प्रहरीले जनाएको छ।  आज बिहान ८:४५ बजे रबिन्द्र चौधरीको घरको माथिल्लो तल्लामा स्थानीय १९ वर्षीय सुशान्त चौधरी, १५ वर्षीय सुरज मुखिया र १८ वर्षीय दिलिप मुखिया र बैजु मुखीया बसिरहेको थिए। 

ख्याल-ख्यालमै सुशान्तले गोली चलाउँदा दिलीपको पेटमा गोली लागेको प्रहरीले उल्लेख गर्नु भयो । गोली चलेको स्थानीयले प्रहरीलाई स्थानीयले खबर गरेको थिए। खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय लहानको प्रमुख डिएसपी कुमारप्रसाद मैनाली घटनास्थल पुगेर छानबिन गरिरहेको जनाउनु भयो। 

प्रहरीले सुशान्त,सुरज र बैजु लगायत चार जना लाई नियन्त्रणमा लिएको छ। घाइते दिलपीको उपचार वि पी कोईराला स्वास्थ्य विज्ञन प्रतिष्ठानधरानमा उपचार भई रहेको छ। 

घटनास्थलबाट प्रहरीले कटुवा पेस्तोल १ थान, ७.६५ एमएम लेखिएको गोली ५ राउन्ड, म्यागजिन १ थान, गोलीको खोखा एक थान बरामद गरेको छ।

घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।