सिरहा,जेष्ठ ३० गते ।सिरहाको लहान नगरपालीकाको लगि चुनौती रहेको  ट्राफिक व्यवस्थापन र वस्ती डुवान समस्या सामाधानको लागि मेयर महेश चौधरी आफै सक्रीय भएका छन् । विगतमा नगरपालीकाले कागजी निर्णय गरे पनि कार्यान्वयन न हूँदा पूर्व-पश्चि लोक मार्गमा  ट्राफिक व्यवस्थपन संगै वस्ती डुवानमा चुनौती देखेपछि मेयर चौधरी आफै अटीएको हो । 

चौधरीले ईलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) कुमार प्रसाद मैनाली, जिल्ला ट्राफिक कार्यालय सिरहा लहानका प्रमुख प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठ र लहान नगरपालिकाका नगर प्रहरी प्रमुख शम्भु बस्नेतलाई पूर्व(पश्चिम राजमार्गमा जथाभावी गाडी पार्किङ गर्ने गाडीहरुलाई नियन्त्रण गर्न निर्देशन दिइसकेका छन् ।

नेपालमै आँपको राजधानी भनेर चिनिएको लहानमा रमेश चौक स्थित पूर्व-पश्चिम राजमार्गमै राखेर आँप बेचिरहेका कृषक र व्यापारीहरुलाई त्यहाँबाट खाली गराएका छन् ।

त्यसको कारणले रमेश चौकमा ट्राफिक व्यवस्थापन निकै चुनौतीपूर्ण रहँदै आएको थियो । साथै मेयर चौधरीले रमेश चौक वरिपरि आँप नबेच्न कृषक र व्यापारीहरुलाई आग्रह पनि गरेका छन् । 

पूर्व-पश्चिम राजमार्ग रमेश चौक देखि दक्षिणमा रहेको मिलन चौक देखि पश्चिममा रहेको वस्ती सामान्य वर्षाको पानीले नै विगतदेखि नै डुबानमा पर्दै आएको छ ।

जसको ठोस निकासको लागि पनि मेयर चौधरीले स्थानीयहरुको गुनासो सुन्न्न आफैं कम्मर कसिएको देखिएका छन् । उक्त वस्तीमा पानीको निकासका लागि एउटा नहर रहेपनि नहर भन्दा माथि कल्भर्ट नै भएपछि पानी निकास हुन सकिरहेको छैन ।

कतिपय स्थानीयहरुले लहान-नवराजपुर जोड्ने मुख्य सडकमा नै रहेको कल्भर्ट भत्काउन सुझाएपनि मेयर चौधरीले आफु प्राविधिक नरहेकोले लहान नगरपालिका प्राविधिकहरुलाई पनि पानीको स्थायी निकास खोज्न निर्देशन दिइसकेका छन् ।

डुबानमा परेको वस्तीहरुको पानीको निकास चाँडै नै गरिने भनेर स्थानीयहरुलाई जनाउनु भयो ।