सिरहा,जेष्ठ ३० गते ।
अनुभक्त चौधरी,
सिरहाको विष्णुपुर गाउँपालीका वडा नं. ३ रजोखरमा कविर कुटी धर्मशालाको निर्माण भएको छ । मुख्यतः धार्मिक कामकाज गर्न उक्त धर्मशालाले निकै सहयोग पुर्याएको स्थानीयले वताएका छन् ।
मधेश प्रदेश सरकार अन्तर्गत उद्योग, वन तथा पर्यटन विकास मन्त्रालय अन्तर्गत डिभिजन वन कार्यालय सिरहा लहानद्वारा बिस लाखको लागतमा धर्मशाला निर्माण भएपछि स्थानीयले चाहेको बखत भजन किर्तन गर्न सजिलो हुनुको साथै सार्वजनिक कामको लागि समेत सहज भएको वताइएको छ ।

यस अघि कविर कुट्टी धर्मशाला अभावमा विभिन्न धार्मिक कार्य गर्न असहज हुनुको साथै विभिन्न भोज भतेर, बैठक, छलफल, भजन किर्तन गर्न समस्या हुने गरेको थियो धर्मशाला निर्माणले उक्त सार्वजनिक काम गर्न सहज भएको स्थानीय कपिलदेव दास यादवले बताउनु भयो ।

सार्वजनिक जग्गा एवम् स्थानीय दानविर कपिलदेव दास यादव लगायतले निःशुल्क रुपमा जग्गा दान गरेपछि कविर धर्मशाला बनेका हुन् । कविर धर्मशाला निर्माणले उक्त क्षेत्रका स्थानीयलाई निकै सहयोग पुर्याएको वताइएको छ ।





















