न्युज डेस्क ,सिरहा,जेष्ठ २७ गते । सिरहाको धनगढीमाई नगरपालिका वडा नं.७ कसहामा एक ब्यक्तिलाई निर्घात कुटपिट गरेको छ । धनगढीमाई नगरपालिका वडा नं.७ बस्ने ३६ वर्षिय शंकर कुमार महतोलाई सोही ठाउँका संजय यादवको समुहले कुटपिट गरी घाईते बनाएको छ । घाईते महतोको स्थानिय मेट्रो मेगा हेल्थ केयर कसहामा उपचार भईरहेको छ ।
असन्न बैशाख ३० गतेको स्थानिय चुनावमा आफ्नो पार्टीलाई भोट नहालेको न्यूमा विहिवार राती महतोलाई कुटपीट गरेको हो । महातो जसपामा आबद्ध छन् भने कुटपीट गर्ने नेपाली काङग्रेसमा आबद्ध रहेका छन् ।
वडा नं. ७ का वडा अध्यक्ष विजय कुमार महतोले दुबै पक्षलाई राखेर अब उपरान्त यस्तो घटना नघटोस भनेर सहमतिमा जाने प्रयास भईरहेको उल्लेख गर्नु भयो । कसहाका प्रहरी असय दिपेन्द्र कुमार यादव संग घटनाको विषयमा बुझन खेज्दा घटनाको बारे जिल्ला प्रहरीका प्रवत्ता संग लिन बताए । ससाना विषयमा किन पत्रकारलाई बोलाउनु हुन्छ भनेर असय यादवले भनेको पिडित महतोको पत्नीले गुनासो गर्नु भयो ।




















