सिरहा,जेठ २१ गते । सिरहाको बिष्णपुर गाँउपालिका हरिनागरमा पोखरीमा डुवेर बालकको मृत्यु भएको छ। बिष्णुपुर गाउँपालिका वडा नं. १ हरिनगरा बस्ने महेश कामतीको २ वर्षिय छोरा आर्यन कामतीको पोखरीमा डुवेर मृत्यु भएको हो।

घर अगाडी रहेको पोखरीमा खेल्दै जाने क्रममा शुक्रबार अपरान्ह बालकको डुबेर मृत्यु भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले जानकारी दिए।

पोखरीमा डुबी अचेत अवस्थामा फेलापरेका बालकलाई उपचारको लागि प्रादेशिक अस्पताल सिरहामा  उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।