सिरहा,जेठ ११ गते । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जेठ २० गते बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भर्चुअल बैठक बस्ने नेता गिरिराजमणि पोखरेलले बताए।  ‘हामीले जेठ १८ र १९ गते देशैभरका स्थानीय तहका प्रमुख÷उपप्रमुखलाई प्रशिक्षण दिने भनेका छौ’ पोखरेलले भने, ‘प्रशिक्षण सकिएलगतै केन्द्रीय समिति बैठकमा स्थानीय निर्वाचनका विषयमा समीक्षा गर्ने छौ।’ 

केन्द्रीय समिति बैठकबाट अपूर्ण केन्द्रीय समितिले पूर्णता दिनुका साथै पदाधिकारीको समेत टुंगो लाग्ने बताएको छ।