पर्सा,बैशाख २३ गते । पर्साको सखुवाप्रसौनी गाउँपालिका १ औरहामा गएराति गोली चलेको छ ।

स्थानीयले करिब ९ बजे  राती दुई राउण्ड गोलीको आवाज सुनेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीय मंगल बहादुर ब्लोनको घरको धानको भकारीमा गोली लागेको देखिएको प्रहरीले जनाएको छ ।

गोली कसले र किन चलायो भन्ने नखुलेको जिल्ला प्रहरी कार्यालय पर्साले उल्लेख गर्नुभयो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाउनुभयो ।