सिरहा,पुष ५ गते – स्थानीय प्रशासनले लिएको समयावधिभित्र दोषीलाई पक्राउ गर्न नसकेको भन्दै पीडित पक्षले पुनः सिरहाको गोलबजारमा चक्का जाम गरेका छन् । चक्का जामका कारण पूर्व पश्चिम राजमार्ग अन्तर्गत गोलबजार सयौं सवारीका साधनहरु रोकिंदा गन्तव्यतर्फ हिंडेका यात्रुहरु बीचबाटैमा अलपत्रमा परेका छन् ।
मृत्युको विषयलाई लिएर हिजो पीडित पक्षले चक्का जाम गराउँदा स्थानीय प्रशासन र स्थानीय सरकारका प्रतिनिधिले २४ घण्टाभित्र दोषीलाई पक्राउ गरी कार्वाही गरिने, पीडित पक्षलाई क्षतिपूर्ति दिने, घाइतेको उपचार खर्च दिने प्रतिबद्धता गरेपनि आफूहरुको कुनै माग पूरा गर्न नसकेको भन्दै प्रशासनविरुद्ध पुनः आज चक्का जाम गरेको बताइएको छ ।
शनिवार बेलुका बजार भरेर फर्किने क्रममा युवाहरुबीच सामान्य विवादको क्रममा छुरा हानाहान हुँदा गोलबजार नगरपालिका ६ डोहटियाका २६ वर्षिय रामकुमार सदाको मृत्यु भएको थियो भने स्थानीय निकेश सदा घाइते भएको थियो । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ




















